काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् ५० लाखभन्दा माथिको मार्जिन प्रकृतिको कर्जाको जोखिमभार एक सय ५० बाट घटाएर एक सय २५ मा झारेपछि सेयर बजारमा आकर्षण देखिएको छ । उक्त व्यवस्थासँगै निरन्तर बढ्दोक्रममा रहेको सेयर बजार बुधबार पनि ३५.३९ अंकले बढेर २१४१.८७ अंकमा पुगेको छ । यस दिन तीन सय छ कम्पनीका एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजारभन्दा बढीमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
कारोबारमा आएका होटल तथा पर्यटनमूलक र निर्जीवन बिमाबाहेक सबैको सेयर मूल्य बढेको हो । तीन सय छ कम्पनीमध्ये एक सय ९४ कम्पनीको मूल्य बढेको छ भने ९९ वटाको घटेको छ । १३ कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।
उत्पादन तथा प्रशोधनमूलक समूहगत इण्डेक्स सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ भने लगानी ६.९२ र व्यापार ६.२० प्रतिशतले बढेको छ । जलविद्युत् १.९१ र जीवन बिमा दुई प्रतिशतले बढेको छ । शिवम् सिमेन्टको सर्वाधिक ३७ करोड ३४ लाख ९७ हजार रुपैयाँका पाँच लाख ९९ हजार आठ सय ९० कित्ता सेयर कारोबार भएका छन् । यस्तै सोल्टी होटल २४ करोड ५३ लाख ७७ हजार, सोनापुर मिनिरल्स एण्ड आयल कम्पनी २० करोड १५ लाख २४ हजार, हिमाल दोलखा हाइड्रोपावर १८ करोड १३ लाख २३ हजार र नेपाल इन्फ्रास्टक्चर बैंकको १७ करोड ५४ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएका छन् ।
बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी, फरवार्ड लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, लिवटी इनर्जी, बलेफी हाइड्रोपावर, विपिडब्लु लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनिरल्स एण्ड आयल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बढेको हो । सपोर्ट लघुवित्त, निफ्रा, ग्रिन लाइफ हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, युनिलिभर नेपाल, माउण्टेन इनर्जी नेपाल र युनियन हाइड्रोपावरको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले बढेको छ ।
तर, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ३.८२, नेरुडे लघुवित्त ३.६५, माथिल्लो मैलुङखोला जलविद्युत् ३.६४, साइन रेसुंगा डेभलपमेन्ट बैंक ३.४५, तारागाउँ रिजेन्सी होटल ३.३९, गणपति माइक्रो फाइनान्स ३.३५, नारायणी डेभलपमेन्ट बैंक ३.२४ र मोलुङ हाइड्रोपावरको ३.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच