काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति जुटेको छ । मंगलबार बसेको तीनजना उम्मेदवारबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति जनाएको हो ।
नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बन्नुहुने भएको हो । गोल्छा भने वरिष्ठ उपाध्यक्ष रहनुहुनेछ । अटोमोबाइल बजार अझै पनि आर्थिक मन्दीको चपेटामा रहेकाले अहिलेको अवस्थामा सहमतिमा नेतृत्व लिन आवश्यक भएको अध्यक्ष थापाले बताउनुभयो ।
राज्यस्तरबाटै अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन चुनौती थपिएको अवस्थामा आगामी नेतृत्वलाई यसमा समन्वय गर्न थप चुनौती रहेको उहाँको भनाइ थियो । पुस २० र २१ गते हुने नाडाको ४७औँ साधारणसभाबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच