सर्लाही । जिल्लाका उखु किसानले आन्दोलन कार्यक्रम रोकेका छन् । जिल्ला केन्द्रित आन्दोलन स्थगित गरी काठमाडौँमा गएर दबाब दिने निर्णय गरेको छ ।
उखु किसानका अगुवा राजकुमार उप्रेतीले अन्य जिल्लाका उखु किसानका प्रतिनिधिसँग पनि समन्वय गरी अब काठमाडौँमै गएर आन्दोलन गर्ने निर्णय गरी जिल्लाको आन्दोलन आजैबाट रोकिएको जानकारी दिनुभयो । सरकारले हिजो मात्रै उखुको मूल्य प्रतिक्विन्टल सरकारी अनुदान ७० रुपियाँसहित ६३५ रुपियाँ तोकेको थियो । यो मूल्य नमान्ने सर्लाहीका किसानको चेतवानी छ । उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न उखु किसानले माग गरेका छन् ।
यसैबीच, उखु किसानका विभिन्न माग राखेर गएको सोमबारदेखि इन्दुशङ्कर चिनी उद्योग हरिवनको मुलगेटमा आमरण अनसनमा बस्नुभएका शेष इस्तीहारले मुख्यमन्त्रीको हातबाट आज दिउँसोबाट अनसन तोड्नुभएको छ । उखु किसान समेत रहनुभएका इस्तीहारलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जुस पिलाएर आमरण अनसन स्थगित गराउनु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच