काठमाडौं । भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित ११ पदक जितेका छन् । टोलीका व्यवस्थापक अरुणकुमार केसीले नेपाली खेलाडीले चार स्वर्णका अलावा थप तीन रजत र चार कांस्य पनि जितेको जनाउनुभएको छ ।
पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जित्नुभयो । आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जित्नुभयो भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पार्नुभयो ।
पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि असीम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गर्नुभयो । टोलीको प्रशिक्षकमा रञ्जितबहादुर डंगौरा रहनुभएको छ । सबै खेलाडी एसकेबिसी तेक्वान्दो डोजाङका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच