
गुल्मी । गुल्मी जिल्ला समाज युकेले गुल्मीको रेसुंगा गौशालालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । ऐतिहासिक, धार्मिक, पर्यटकीय, तपोभूमि रेसुंगामा अवस्थित चौतारा गौशालाका लागि गुल्मी जिल्ला समाज युकेले रु.एक लाख ४ हजार आर्थिक सहयोग गरेको हो ।
बिहिबार चौतारा गौशालामा पुगी गुल्मी जिल्ला समाज युकेकी प्रवक्ता राधा खरेलले सो रकम एक औपचारिक समारोहका बीच रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै खरेलले आगामी दिनमा पनि गुल्मी जिल्ला समाज युकेले संरक्षण समितिले गर्ने राम्रो कामहरुका लागि सधैं साथ र सहयोग गर्ने बताउनुभयो ।
उहाँले विगत देखि गुल्मी जिल्लामा हरेक दुःख र आपतविपद्मा सहयोग गर्दै आइरहेको बताउँदै आफ्नो जन्मभूमिको धर्म, संस्कृतिलाई संरक्षण गर्नका लागि पनि आर्थिक सहयोग गरेको बताउनुभयो । ‘हामीले गाईलाई गौमाताको रुपमा हेर्ने गरेका छौं । गाईले दुख पाउँनु हिन्दु धर्मअनुसार राम्रो मानिदैन् । त्यसकारण पनि गौमातालाई संरक्षणका लागि सहयोग हस्तान्तरण गरेका हौं ।’ उहाँले भन्नुभयो ।
गुल्मी जिल्ला समाज युकेमा आवद्ध कार्य समिति सदस्य, सल्लाहकार,आजीवन सदस्यहरुबाट संकलन भएको सो रकम आफु पारिवारिक कामका लागि गुल्मीमा आएको अवसरमा गौशालामै पुगेर रकम हस्तान्तरण गरी कार्य समितिले दिएको जिम्मेवारी पुरा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । रेसुंगा संरक्षण समितिले रेसुंगा यज्ञशाला नजिकै नयाँ गौशाला निर्माणका लागि युके समाजलाई सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार गुल्मी जिल्ला समाज युकेले आर्थिक सहयोग गरेको पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
सो अवसरमा रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुंगा गौशालामा २०४२ साल देखि लक्ष्मीथरका गाईहरुहरु संरक्षित गरिदैं आएको अवगत गराउनुभयो । उहाँले यो गौशाललाई यज्ञशाला नजिकै राख्नुपर्ने धेरैको सुझाव आएको भन्दै माथिल्लो गौशाला निर्माणका लागि आवश्यक रकम सहयोगका लागि आव्हान् गरेको बताउनुभयो । सोही आग्रहलाई स्वीकार गरी रेसुंगा गौशालाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको भन्दै गुल्मी जिल्ला युके समाजलाई अध्यक्ष भुसालले धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रगतिको कामना गर्नुभयो ।
‘गाई, गंगा, गणेश, गिता, गायत्री हिन्दु धर्मका धरोहर हुन् । यीनहरुको संरक्षणले मात्रै राष्ट्रको उन्नती र प्रगति हुन्छ ।’ अध्यक्ष भुसालले भन्नुभयो,– ‘गाईको संरक्षण नहँुदा राष्ट्रमा अनिष्ट हुन्छ । गाईले दुख पाउँदा मानव जीवनमा पनि ठुलो संकट पर्छ । त्यसलै गाईको संरक्षण गर्न सबै लाग्नुपर्छ ।’
धर्म र संस्कृतिको संरक्षण गरे मात्रै राष्ट्रमा अमनचयन कायम हुने बताउँदै गाईको सेवामा लाग्नु सनातन धर्मको संस्कार रहेको बताउनुभयो । विश्व हिन्दु महासंघका अध्यक्ष समेत रहुनभएका भुसालले गाईलाई प्रत्येक दिन गोग्रास छुट्टाएर भोजन गर्दा धर्मको पनि संरक्षण हुने र सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको बताउनुभयो ।
गुल्मी जिल्ला समाज युकेकी प्रवक्ता राधा खरेलका श्रीमान् गुल्मी जिल्ला मुसिकोट नगरपालिका–५ निवासी यज्ञलाल खरेलले पनि आफु यहाँ आएको अवसरमा धर्म, संस्कृति र रेसुंगाको संरक्षणका लागि रेसुंगा संरक्षण समितिको मानार्थ सदस्यता लिनुभएको छ । मानार्थ सदस्यता बन्नका लागि समितिको निर्णय अनुसार रु.५० हजार ५ संकलन गरी समितिको मानार्थ सदस्य बन्नुभएको हो ।
आजै सदरमुकाम तम्घास्थित शहिदचोकमा रहेको रेसुंगा संरक्षण समितिको कार्यालयमा उहाँलाई संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गर्दै खादा र रेसुंगा चित्राङ्कित उपहार प्रदान गरी सम्मान गर्नुभयो । विदेशमा बसेर पनि आफ्नो जिल्लामा रहेको ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक, सिद्धभूमिको जर्गेना तथा धर्मको संरक्षण गर्नका लागि संरक्षण समितिसँग जोडिएको खरालको भनाई छ ।
उहाँले युकेमा व्यापार, व्यावसाय सञ्चालन गर्दा रेसुंगा सिद्धस्थानको नाममा त्यहाँ स्वस्र्फुत रुपमा संकलन भएको रु. ५० हजार समेत समितिका अध्यक्ष भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव गोपाल पन्थीले गर्नुभएको थियो ।
कोषाध्यक्ष नेत्र बहादुर बस्नेत, सदस्य लिल बहादुर बस्नेत, गौशाला व्यवस्थापन समितिका संयोजक पुष्पकर पन्थी, उपसंयोजक झक बहादुर बस्नेत, आजीवन सदस्य दयासागर पन्थी लगायतको सहभागिता रहेको थियो । यता संरक्षण समितिको कार्यालयमा भएको कार्यक्रममा सल्लाहकार देविराम भण्डारी, आदित्य भण्डारी, विष्णुकुमारी पन्थी लगायतको सहभागिता रहेको थियो ।
२०४२ साल देखि योगी नरहरिनाथले रेसुंगामा कोटी होम गरी संकलन भएका ३० वटा गाई र संकलन भएको र रु.१५ हजार भेटीबाट चौताराको खुल्ला चौरमा गोशाला स्थापना गरी गाईहरुको संरक्षण थालिएको थियो । हाल त्यहाँ १५० भन्दा बढी स्थानीय प्रजातिका गाईहरु संरक्षण गरिदैं आइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच