सर्लाही । सात वर्षदेखि रोकिएको राष्ट्रिय प्रसारण लाइनको हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी राष्ट्रिय प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ । बुधबार लालबन्दी नगरपालिका-१२, जियाजोर क्षेत्रमा सुरक्षा बेस राखेर प्रसारण लाइनको पोल निर्माणको काम सुरु गरिएको आयोजनाले जनाएको हो ।
पटक-पटकको छलफलबाट स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसभन्दा अघि फलफल भएर मुआब्जा निर्धारण भएको र सोहीअनुसार वितरण भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । पटक-पटकको छलफलबाट स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि फलफल भएर मुआब्जा निर्धारण भएको र सोहीअनुसार वितरण भएको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । केन्द्रीय निर्देशनअनुसार स्थानीयसँगको सहकार्यमै काम अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । यस रुटअन्तर्गत जियाजोर क्षेत्रमा मात्र पोल निर्माण बाँकी रहेको हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी राष्ट्रिय प्रसारण लाइनका आयोजना प्रमुख श्यामकुमार यादवले बताउनुभयो । यस प्रसारण लाइनले नेपालको उत्पादित विद्युत् पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने बताइएकोे छ । निर्माण समयमै सम्पन्न नभए एकातर्फ उत्पादित विद्युत्् खेर जाने र अर्कोतर्फ लोडसेडिङको समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाले जनाएको छ ।
स्थानीयले हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी प्रसारण लाइन खेतमाथिबाट लगेको भन्दै अवरोध गरेका थिए । उनीहरूले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गरेका छन् । खेतमाथिबाट चार सय केभी प्रसारण लाइन विस्तार भएपछि जग्गाको मूल्य कम हुने, प्रसारण लाइन तलका खेतमा उत्पादनसमेत कम हुने उनीहरूको भनाइ छ । सोही कारण किसानले रुट परिवर्तन वा सबै जग्गा खरिद गर्नुपर्ने माग गरेका हुन् । यता प्रसारण लाइन आयोजनाले पोल गाडिएको स्थानको मात्र मुआब्जा दिने नियम रहेको जनाएको छ । माथिबाट तार परेको स्थानमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा मूल्यांकन समितिले गरेको निर्णयअनुसार क्षतिपूर्ति दिने गरेको जनाएको छ ।
पोल निर्माणस्थलमा परेको जग्गाको जिल्ला मुआब्जा समितिले यसअघि नै मुआब्जा वितरण गरिसकेको जनाएको छ । केही स्थानीयले मुआब्जा स्वीकार गरे पनि केहीले अझै लिएका छैनन् । स्थानीयले मुआब्जाभन्दा पनि रुट नै परिवर्तन गर्नुपर्ने मागले समाधानमा कठिनाइ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्राविधिक सर्वेक्षणले रुट परिवर्तनको सम्भावना नरहेको आयोजनाले जनाएको छ । केन्द्रको निर्देशनअनुसार नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा २७ जना र सशस्त्र प्रहरीका २५ जनाको टोली निर्माणस्थलमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच