बर्दिया । बाँके र बर्दियामा भएका अलग अलग दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमवार बेलुकी विद्यार्थी बोकेको बस पल्टिँदा एक जना बालिकाको मृत्य भएको हो भने अन्य ८ जना घाइते भएका छन् ।
बाँकेको खजुरामा रहेको दीपक बोर्डिङ्ग स्कुलको ना ४ ख ६५१ नम्बरको बस विद्यार्थीलाई घर तर्फ पुर्याउने क्रममा सिमलघारीमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत जितु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बताउनु भयो ।
उहाँका अनुसार बस दुर्घटना भए लगत्तै उद्धार गरी नजिकै रहेको खजुरा सुशील कोइराला क्यान्सर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ । बसमा ४० जना सवार थिए ।
यसै गरी बर्दियामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । शक्तिपुरबाट गणेशपुर तर्फ जादै गरेको भे ७ प ८६०४ नम्वरको मोटरसाइकलले गुलरिया नगरपालिका-११ का ६० वर्षिय इस्माइल खाँलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो ।
गम्भिर घाइते भएका खाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुधिरराज शाहिले बताउनु भयो । उहाँकाअनुसार मोटरसाइकल चालक बर्दिया बढैयाताल गाँउपालिका-९ का सुकदेव थारुलाई नियन्त्रणमा लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच