मतदानमा सहभागी बैतडीका जेष्ठ नागरिक भन्छन्- विजयी हुने नेताले गरिबका पीडा बुझुन्

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा ११३ बर्षिया वृद्वाले मतदान गर्नुभएकाे छ । जिल्लाको पाटन नगरपालिका- ४ की ११३ वर्षीया मानमतिदेवी भट्टले उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच जिल्लाको मेलौली नगरपालिका- २ सलेनाकी ९९ बर्षीया मानमती जोशीले पनि मतदान गर्नुभएको छ । धर्मघर मावि सलेना मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । यो मतदान पछि निर्वाचित भएर आउने प्रतिनिधिले जनताको हित हुने र मतदाताकाे आवश्यकतालाई प्राथमिकता दिई काम गर्नुपर्ने जाेशीकाे भनाइ छ ।

यस्तै जिल्लाको दशरथचन्द नगरपालिका-८ मौनीगाउँमा ८४ वर्षीय शेरसिंह धामीले पनि त्रिपुरासुन्दरी स्वास्थ्यचौकी मतदान केन्द्रमा पुगेर आईतवार बिहान मतदान गरेको सहायक मतदान अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो ।

जिल्लामा दिउँसो १ बजे सम्म २५ प्रतिशत मत खसेको छ । ३६ हजार ४ सय ९४ मत मध्ये १९ हजार ७ सय ३७ पुरुष र १६ हजार ७५७ महिला रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?