झुलाघाट बजार सुस्ताएपछि पलायन हुँदै व्यापारी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट बजार सुस्ताएको छ । भारत तर्फको बजारमा चहल पहल भईरहे पनि नेपाली बजार भने सुनसान छ । स्थानीय व्यापारीहरुका अनुसार कोरोनापछि सुस्त बनेको बजार अझै पुरानो लयमा फर्किएको छैन ।

भारतसँग सिमाना जोडिएको झुलाघाट बजारमा चहल पहल नबढेपछि व्यापारीहरु पलायनको अबस्थामा पुगेका व्यापारी प्रकाशसिंह धामीले बताउनुभयो । कोरोना कालमा सुस्ताएको झुलाघाट बजार अझै लयमा फर्किन नसकेको उहाँले बताउनुभयो ।

‘लकडाउनपछि यहाँका करिब ८० प्रतिशत व्यापारी फर्किएनन्’ उहाँले भन्नुभयो ‘मानिसहरुको आउजाउन पनि छैन।’ भारतीय बजारबाट आयात हुने सानो परिमाणको सामानमा पनि कर निर्धारण गरिएदेखि चहलपहल घटेको उहाँको भनाई छ ।

कोरोनाकालदेखि पहिलेको समयमा करिब ७५ भन्दा बढी व्यावसायी पसलहरु रहेको झुलाघाटमा २५ वटा पनि पसलहरु नरहेको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ । सरकारले बेलाबेला झुलाघाटमा मोटरेबल पूल निर्माणको कुरा उठाउन गरेको छ । अपेक्षा अनुसार कुनै गतिबिधि नभईरहँदा यहाँको व्यवसायीहरु पनि निरास छन् ।

कोरोनाकालमा थलिएको झुलाघाट बजार तङ्ग्रिन नसक्दा ८० प्रतिशत व्यापारीहरु पलायन भएका छन् ।

‘मान्छेहरुको आउजाउनै छैन । के गर्ने पसल खोलरे पनि । बजार निकै सुस्त छ । २०६१ सालदेखि व्यापार गर्दै आएका कम्मानसिंह ऐरीले निरास हुँदै भन्नुभयो ।’ कोरोना संकटदेखि सुस्ताएको झुलाघाट बजार माथि उक्सन सकेको छैन । लामो समयसम्मको लकडाउनको कारणले यहाँका व्यापारीहरु पलायन हुँदै गएको व्यापारी ऐरीको भनाइ छ ।

कुनै समय सुदरुपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाको सिमा बजारको रुपमा झुलाघाट बजारमा निकै चहलपहल हुने गरेको थियो भने नेपाली उत्पादन पनि निर्यात हुने गरेको थियो । तर कोरोनाकाल पछि यहाँको बजार निकै सुस्ताएको छ । यहाँका अधिकांश व्यापारीहरु पलायन भइसकेका छन् ।

स्थानीय बजारका लागि मात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धिसँग जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ । सरकारले पनि बेलाबेला झुलाघाटमा मोटरेबल पूल निर्माणको कुरा उठाउने गरेको छ । तर पुल निर्माणको काम अघि बढेको छैन । मोटरेबल पूल निर्माणको लागि सरकारसँग बेलाबेला यहाँका सरोकारवाला प्रतिनिधिहरु माग राख्ने गरिएको भएपनि खासै प्रगति नदेखिएको उद्योग बाणिज्य संघ बैतडीका कोषाध्यक्ष शेर सिंह भण्डारीले बताउनुभयो ।

झुलाघाट बजारलाई प्रवर्द्धन गरी नेपाली उत्पादन निर्यातको उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ । साथै पुल निर्माणसँगै, महाकाली नदीमा र्‍याप्टीङलगायतका जलजन्य गतिबिधि बढाई पर्यटकीय केन्द्रको रुपमा पनि विकास गर्न सकिने स्थानीयहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?