नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब नदिएको सरकारको प्रस्टोक्ति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको बताएको छ ।

पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएसँगै उक्त विषयलाई खण्डन गर्दै सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले सरकारले दबाब नदिएको बताउनु भयो।

मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको प्रश्नमा मन्त्री शर्माले सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय गलत भएको दाबी गर्नुभयो ।कानुनी परामर्श गर्ने राष्ट्रपतिको अधिकारको विषय भएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?