राजनीति स्थायित्व नभई देश समृद्ध हुँदैन : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

-पूर्ण चलाउने

टोकियो । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्व नभएका कारण देश विकासमा बाधा पुगेको बताउनुभएको छ ।

पाँचदिने जापान भ्रमणमा आउनुभएका अध्यक्ष दाहालले आइतबार टोकियोमा नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा देश संचालन गर्ने राजनीति अझै ब्यवस्थित नभएको तर अब चाडै राजनितीक निकास निस्किने दाबी गर्नुभयो ।

विश्वमा राजनीतिक स्थायित्व भएका देशहरू समृद्ध भएको उल्लेख गर्दै दाहालले जापानको विकासको प्रशंसा गर्नुभयो । जापानीहरूमा सकारात्मक सोच र समयको महत्व बुझ्ने क्षमताबाट आफू प्रभावित भएको पनि उहाँले बताउनुभयो ।

जपानको जस्तै नेपालमा पनि कृषिमा आधुनिकीकरण गरिनुपर्ने जोड दिँदै पछिल्लो समय आफूले पहल पनि गरिरहेको उहाँले बताउनुभयो ।

जापानमा नेपाली दूतावासलाई अझ प्रभावकारी बनाउन पहल गर्नुका साथै जापानमा विद्यार्थीका समस्या पनि आफूले बुझेको उहाँले जानकारी गराउनुभयो ।

‘इमान्दारीपुर्वक भन्छु देशमा अझै सुशासन छैन,अझै समय लाग्छ त्यसैले म तपाईंहरूलाई देशमा सबै ठिक छ फर्किनुस् भनेर भन्दिन’, उहाले भन्नुभयो,’ केही समय अझै यतै बस्नुहोस्।’

प्रचण्डले आइतबार जापानको हिरोशिमा स्थित हिरोशिमा एतिहासिक संग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?