बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एक जना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका-२ का ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठसहित पक्राउ परेका हुन् ।

जिल्लाको मेलौली नगरपालिका-७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ । अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?