बैतडीमा हाडनाता करणी तथा हत्या आरोपमा एकजना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा हाडनाता करणी गरी हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई हाडनाता करणी गरी हत्या गरेको आरोपमा जिल्लाको पुर्चाैडीको नगरपालिकाका ३० बर्षिय युवक पक्राउ परेका हुन् । बैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोज कुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका ति ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । विवाहित बालिका चैत्र २६ गते हराएकी थिइन् । बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको थियो । बालिकाको शव पुचौँडी नगरपालिका-४ स्थित रातोमाटी जंगलमा चैत्र २८ गते फेला परेको थियो । बालिकाका पेटमा अन्दाजी १८ हप्ताको गर्भ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक गीरीले बताउनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले बालिकालाई पटक-पटक करणी गर्दै आएको र गर्भ रहेपछि गर्भ फाल्नसमेत समय पुगिसकेकाले बालिकालाई जंगलमा बोलाई ढुंगा प्रहार गरि हत्या गरेको बुझिएको छ ।

मृतकका श्रीमान २०८० साल साउन महिना देखी भारतमा रोजगारीको लागि गएको बुझिएको छ । आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?