बैतडीमा कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको डिलाशैनि गाउँपालिका-७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट गाउँपालिका कर्मचारीसहित तीन जना घाइते भएका हुन् । घाइते हुनेमा धामीकी श्रीमती ५६ बर्षिय पार्वती धामी, दशरथचन्द नगरपालिका-९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षिय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

घाइते तिनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो।

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको छैन् । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?