इलाम सदरमुकामको चिया बगानमा पुनः चियाको बिरुवा रोप्ने कार्य शुरु

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलाम नगरपालिकाको पहलमा इलाम सदरमुकामको चियाबगानमा पुनः चियाको बिरुवा रोप्ने कार्य शुरु भएको छ ।

नेपालको इतिहासमा आज भन्दा १६० वर्ष अघि अर्थात वि.सं.१९२० सालमा प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाई गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेका थिए ।

इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाको बोटहरु मरेर खाली भएको जमीनले चियाबारीको सौन्दर्य समेतलाई असर परिरहेको थियो ।

यसै विषयलाई मध्यनजर गरेर इलाम नगरपालिकाको अनुरोधलाई स्विकार गर्दै नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले खाली भएको जमीनहरुमा पुरानै जातको चियाको करिब ७ हजार विरुवा रोप्ने कार्यको आजबाट शुरुवात भएको इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो । थापाले भन्नुभयो ,” चिया रोप्ने सुरुवात भएको छ यसले खन्डहर बन्दै गएको चियाबगानलाई पहिलेकै अवस्थामा फर्काउने छ । “

चिया रोपण शुरु गरेका इलामका बडाहाकिम गजरासिंह थापाले विक्रिम सम्बत् १९३५ मा कारखाना स्थापना गरि तयारी चियाको उत्पादन शुरु गरेका थिए । बिक्रम सम्बत् २०५७ सालमा चिया कारखाना र बगान निजीकरण भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?