एक करोड ७३ लाखमा खानेपानी आयोजना निर्माण गर्दै सिंजा गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार लागतमा खानेपानी आयोजना निर्माण कार्यको टेन्डर आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो,“ अब टेन्डरको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ । ” संघीय सरकारको विशेष अनुदानबाट सिंजाका सबै गाउँमा पाँच वर्ष भित्र खानेपानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

यो आर्थिक वर्षको असार भित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ । वडा नं. ३ मा सुस्वा परियोजनाबाट एक घर एक घारा खानेपानी आयोजनाको काम समेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । क्रमश अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्‍याइने भएको छ । उक्त खानेपानी आयोजनाबाट सिंजा-१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

१ नम्बर वडाका निर्माण हुने आयोजनाबाट गाउँमा १०९ वटा खानेपानीका धारा निर्माण हुने गाउँपालिका इन्जिनियर राजकुमार भट्टले बताउनुभयो । खानेपानीको सहज सुविधा पुर्‍याउने गरि खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मुल्यांकनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्रगतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ ।

नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर सिंजाले काम गरेको गाउँपालिका सुचना अधिकारी मित्रलाल धितालले जानकारी दिनुभयो । सो खानेपानी आयोजना निर्माण हुने भएपछि सिंजा-१ का स्थानीयवासिलाई स्वाच्छा खानेपानीको पहुँचमा पुग्ने स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?