तनहुँका बन्दीपुर र आँबुखैरेनीको अध्यक्षमा माओवादीलाई अग्रता

Read Time = 3 mins

तनहुँ । तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन् ।

बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाउनु भएको छ ।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाउनु भएको छ। यहाँ एमालेले कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेको छ । जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएकी केशमाया गुरुङले दुई सय १३ मत पाउनु भएको छ ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाउनु भएको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाउनु भएको छ नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले ४४ मत पाउनु भएको छ ।

एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाउनु भएको छ । आँबुखैरेनीमा दुई सय मतगणना भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गर्नुभएको छ। वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाउनु भएको छ । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विकले २९ मत पाउनु भएको छ ।

नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन् । यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन् । शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ । १२ बजेपछाडि मतगणना थालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?