गोपाल अश्कको नेतृत्वमा लघुकथा समाज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लघुकथा समाज, नेपालको वार्षिक साधारणसभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न समाजको १५औं साधारणसभाबाट संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै, सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, राजेश खनाल, नवराज रिजाल, रामप्रसाद पण्डित र तारा केसीलाई चयन गरिएको छ । प्रा.डा. लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो ।

साधारणसभामा महासचिव कोइराला र कोषाध्यक्ष सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र नवनिर्वाचित अध्यक्ष अश्कले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?