काठमाडौं । समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा प्रि-क्वाटरफाइनल पुग्ने १६ टिमको टुंगो लागेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आइएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बुढानीलकण्ठ बास्केटबल क्लब, सिसिआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब, समृद्धि स्कुल, ट्रिनिटी कलेज, रोयल बास्केटबल एकेडेमी, स्नोल्याण्ड बास्केटबल एकेडेमी, हृवाइटहाउस कलेज, योद्धा बास्केटबल क्लब, टाइमआउट नेपाल र भ्याली पब्लिकले प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा आइएस नेपाल र बुढानीलकण्ठले जित हात पारे । राउण्ड रोविन लिगमा आइएसए नेपालले गोल्डेन गेटलाई ५४-२४ तथा बुढानीलकण्ठले भ्याली पब्लिकलाई ४५-१९ ले पराजित गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच