काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको थियो । सो सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएको थियो ।
आइतबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजक टोकराज पाण्डेले अहिलेसम्म घलेसहित उनको समूहका व्यक्तिले १३८ किलो सुन तस्करी गरेको देखिएको बताउनु भयो।
उहाँका अनुसार घलेको समूहले दुबईबाट ल्याएको १३८ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पास गरेको खुलेको छ ।
छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’
२२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच