काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।
निलम्बित सांसद कोइरीले निलम्बन फुकुवाका लागि आइतबार संसद सचिवालयमा निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा उहाँको निलम्बन फुकवा भएको हो ।
फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उहाँ संसद् पदबाट निलम्बनमा पर्नुभएको थियो ।
कोइरी १९ वैशाख २०८० मा निलम्बनमा पर्नुभएको थियो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गर्नुभएको थियो ।
निर्वाचित भएपछि कोइरी सम्पर्क बिहीन हुनु भएको थियो । २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेख्नुभएको थियो ।
२८ मङ्सिरमा महोत्तरी जिल्ला अदालतले थमन विकको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । सो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचित कोइरीले भने सफाइ पाउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच