काठमाडौं । चलचित्रकर्मी रोज राणा मन्त्री बन्नुभएको छ । लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयको क्षेत्रमा सक्रिय रहँदै आउनुभएका चलचित्रकर्मी रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सरकारको मन्त्री बन्नुभएको हो ।
राणाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई मन्त्री पदका लागि पार्टीले सिफारिश गरेको थियो ।
चलचित्र निर्माता संघको पूर्वमहासचिव रहनुभएका राणा करिब दुई दशकदेखि कला क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँले ‘दादागिरी, डन, खलनायक, महान्, टक्कर दुई मुटुको, मन छु नि तिम्रो’लगायतका चलचित्र निर्माण गर्नुभएको छ भने चलचित्र ‘मेरो पैसा खोइ ?’ र ‘जय परशुराम’ निर्देशन गर्नुभएको छ ।
राणालाई सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले बधाई तथा शुभकामना दिइरहेका छन् । सम्भवतः चलचित्रकर्मीबाट मन्त्री बन्ने उहाँ पहिलो हुनुहुन्छ । यसअघि हल व्यवसायी रामवीर मानन्धर मन्त्री हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच