इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्री-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो ।

आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे ।

अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रीड र युभेन्ट्ससंग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?