पुष्पकमल दाहालकी नातिनीको शाही विवाहलाई नै मात गर्ने विवाहको सर्वत्र आलोचना भइरहँदा यसलाई ओझेलमा पार्न तथा पश्चिमाहरूले नेपालीको नाडी छाम्न उनीहरूको प्यादा पास्टर तथा मन्त्री सुदन किराती (किराती भन्नु किरात धर्मको अपमान हुने हुँदा ख्रिष्टानी भन्नु उपयुक्त हुनेछ) ले ख्रिष्टान धर्म नमान्नेहरू देशद्रोही हुन् भनेर फतवा जारी गरे । पश्चिमाहरूले चारैतिरबाट असफल हुँदै जाँदा अहिले सरकारमार्फत ॐ कार परिवारलाई नै देशद्रोही घोषणा गर्न लगाए । सुदन ख्रिष्टानी त एउटा निमित्त पात्र हो, पश्चिमाहरूको आदेशलाई शिरोधार्य गर्दै शीर्ष नेताहरू भनाउँदाहरूले सुदन ख्रिष्टानीमार्फत पश्चिमाको फरमान जारी गर्न लगाएका हुन् । अर्कोतिर पुष्पकमल दाहालले आफ्नी नातिनीको विवाहको विरोध गर्नेहरूलाई गणतन्त्रविरोधी भने । यी अराष्ट्रिय तत्वहरूको नजरमा ख्रिष्टानीकरण र भ्रष्टाचारको समर्थन नगर्नेहरू गणतन्त्रविरोधी मात्र नभएर देशद्रोही पनि हुन् ।
नेपाली जनताको अवस्था अहिले पश्चिमा शक्तिले आफ्ना नेपाली दासहरूलाई त्रिशंकु बनाए झैँ जनताको अवस्था पनि त्रिशंकु जस्तै छ । सूर्यवंशी राजा पृथुका पुत्र सत्यव्रतले जसलाई पछि त्रिशंकु पनि भनिन्छ वृद्ध अवस्थामा पुगेपछि पुत्र हरिश्चन्द्रलाई राजा बनाएर स्वर्गमा जाने इच्छा गरे । सत्यव्रत धार्मिक स्वभावका राजा थिए । उनले जिउँँदै स्वर्ग जाने चाहना राखेर गुरु वशिष्ठलाई यज्ञ गर्न अनुरोध गरे तर वशिष्ठले सशरीर स्वर्ग जानु प्रकृतिको नियमको विरुद्ध हो भनेर उनको अनुरोध स्वीकार गरेनन् । सत्यव्रत यसले निराश भए तापनि आफ्नो हठमा दृढ रहँदै वशिष्ठका जेठा छोरा शक्तिलाई प्रलोभन दिँदै यज्ञ गर्न भने ।
जबसम्म जनता धर्म र अधर्म तथा स्वतन्त्र राष्ट्र तथा पराधीनताको बीच झुलिरहनेछन् तबसम्म नेपालको अवस्थामा कुनै परिवर्तन हुनेवाला छैन । कि त सेना आफैंले सत्ता हातमा लिन सक्नुपर्छ तर त्यो सम्भावना छैन ।
शक्ति उनको कुरा सुनेर क्रोधित भए र उनलाई त्रिशंकु बन्ने श्राप दिए र सत्यव्रत राज्य छोडेर वनमा भौतारिन बाध्य भए । वनमा भौँतारिरहँदा उनको भेट वशिष्ठको प्रतिद्वन्द्वी विश्वामित्रसँग भयो । उनले सबै कुरा विश्वामित्रलाई भनेर आफूलाई सशरीर स्वर्ग जाने यज्ञ गरी दिन भने । विश्वामित्रले यज्ञ सुरु गरेपछि विस्तारै सत्यव्रत स्वर्गतिर माथि-माथि जान थाले । यो देखेर स्वर्गमा इन्द्रको सभामा ठूलै हलचल भयो । देवताहरूले सत्यव्रतलाई स्वर्ग आउनबाट रोकी पृथ्वीतिर धकेली दिए । योे देखेर विश्वामित्रले क्रोधित हुँदै आफ्नो बलले त्रिशंकुलाई पृथ्वीमा खस्नबाट रोकिदिए र त्रिशंकु स्वर्ग र पृथ्वीको बीचमा अट्के । स्वर्ग र पृथ्वीको बीचमा झुण्डिएकाले सत्यव्रतलाई त्रिशंकु भनियो । कथा लामो छ । अहिले नेपाली जनताको अवस्था पनि त्रिशंकु जस्तै भएको छ ।
राष्ट्र तथा सनातन धर्मको रक्षाका लागि सबै ॐ कार परिवारबाट एक एकजना पनि सडकमा उत्रिएर यो व्यवस्था फाल्न अन्कनाइरहेका छन् र न त यो व्यवस्थालाई रुचाइरहेका छन् । अरू बेला धर्मनिरपेक्ष गणतन्त्रको विरोध गरे पनि चुनावको बेला आफ्नो भोट बेच्न हतार गर्छन् । जबसम्म जनता धर्म र अधर्म तथा स्वतन्त्र राष्ट्र तथा पराधीनताको बीच झुलिरहनेछन् तबसम्म नेपालको अवस्थामा कुनै परिवर्तन हुनेवाला छैन । कि त सेना आफैंले सत्ता हातमा लिन सक्नुपर्छ तर त्यो सम्भावना छैन । सेनाले राष्ट्र तथा आफ्नो लोगोको रक्षाका लागि कुनै कडा कदम चाल्ला भनेर विश्वास गर्ने अवस्था छैन ।
अर्कोतिर हाम्रो संविधान यस्तो बनेको छ कि सरकार जहिले पनि त्रिशंकु नै बनिरहनेछ र यसको फाइदा नेपाली जनताले होइन विदेशी शक्तिकेन्द्रहरूले सदैव लिइरहने छन् । एउटा सुदन किरातीलाई मन्त्री पदबाट निकालेर समस्याको समाधान हुँदैन, हाँगाबिँगा काट्दा रूख झन् मौलाउँछ । त्यसैले रूखको जरा नै उखेलेर फाल्नुपर्छ । आज एउटा ख्रिष्टानी जान्छ भोलि उसको ठाउँमा अर्को ख्रिष्टानी आउँछ । राष्ट्र र जनतालाई यसले के फरक पर्छ र ? धर्म भनेको धारण गर्नु हो । हाम्रा पितापुर्खाले जे धारण गर्दै आइरहेका छन् त्यसको धारण गर्नु र रक्षा गर्नु हाम्रो कर्तव्य हो । धर्मको रक्षाका लागि आवश्यक परे अहिंसाको बाटोतिर पनि लाग्न सकिन्छ भनेर गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ । के देशभक्त हुँदाहुँदै सरकारले घोषणा गरेको देशद्रोहीको तक्मा बोकेर बाँचिरहने हो हामी ?
सुदन किरातीको फरमान अगाडि पश्चिमाहरूलाई खुशी पार्न क्रिसमसको उपहारको रूपमा यो सरकारको अदालतका न्यायाधीशहरूले धर्म परिवर्तन गराएको आरोप बोकेका आठजना ख्रिष्टान अगुवाहरूमाथि परेको मुद्दा खारेज गरिदिएका छन् । उनीहरूले गैरख्रिष्टानहरू पढ्ने विद्यालयमा गएर ख्रिष्टान धर्म प्रचारसम्बन्धी पुस्तकहरू बाँडेका थिए । क्रिस्चियनिटी टुडेले समेत यो फैसलाको प्रशंसा गरेको छ । १२ डिसेम्बर २०१६ मा वल्र्ड रिलिजन न्यूज नामक प्रकाशनले हाल नेपालमा सात लाख ख्रिष्टान छन् र यो २०३० सम्म तीस लाखसम्म पुग्नेछ भनेर लेखेको छ ।
अहिले नेपालमा करिब बीस लाख ख्रिष्टान भइसकेको अनुमान छ । यसभन्दा बढी हुनसक्छ । जब कि २०४६ सालअघि करिब पैंतीस हजार मात्र ख्रिष्टान थिए नेपालमा । उक्त प्रकानशनले लेखेको छ तीस वर्षअघि नेपालमा ख्रिष्टान दुर्लभ थियो । नेपालमा ख्रिष्टानीकरण २०४८ सालपछि सुरु भएको हो तथा दश वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा ख्रिष्टानीकरण द्रुत गतिले बढ्यो र अहिले यो खुलारूपमा दु्रततर गतिमा छ । माओवादीले एउटा हातमा बन्दुक र अर्को हातमा बाइवल लिएर हिंस्रक आक्रमणहरू गरेका थिए । १२ बुँदे सहमति गर्नेहरू पनि माओवादीका मतियार बने ।
भगवानले यस भूलोकमा जति पनि तीर्थहरू, सरोवरहरू हिमालयदेखि समुद्रसम्म छन् ती सबै तीर्थ एकै स्थानमा भएको, शैलपति हिमालयको पुण्यस्थल नेपाल नाम गरेको देशमा म आफैँ बराह रूपमा अवतीर्ण हुनेछु भन्नुभएको थियो । यो पुण्य भूमि हामी सनातन धर्मावलम्बीहरूकै हो ।
माओ जसको विरुद्धमा लडिरहेका थिए त्यही क्वीमिन्ताङ सरकारसँग मिलेर जापानी आक्रमणको प्रतिरोध गरी जापानलाई हराएर चीनबाट लखेटेका थिए । नेपालका कथित माओवादी विदेशी शक्तिको आदेश र सहयोगमा यहीँको प्रमुख राजनीतिक दलहरूसँग मिलरे राष्ट्र तथा सनातन धर्मविरुद्ध लडेर सत्तामा गएका छन् र विदेशीको आदेशको पालना गर्दै नेपाललाई धार्मिक, सांस्कृतिक र आर्थिक रूपमा टाट पल्टाउने काम गरी रहेका छन् ।
यो पवित्र देव तथा ऋषिभूमि जहाँबाट वेद, वेदान्त, पुराण, स्मृति आदि ग्रन्थहरूको रचना भयो, यो त्यो देश हो जहाँबाट सनातन धर्मको जन्म भयो त्यही देशलाई समाप्त पार्न आज त्रिपुरासुरहरू लागेका छन् । त्रिपुरासुरहरूकै आदेशमा सुदन किरातीले हामीलाई देशद्रोही भनेर हत्कडी लगाउँदै जेल कोच्ने धम्की दिएका छन् । जसरी एकदिन शिवजीले महाशक्तिशाली त्रिपुरासुरको बध गरेका थिए हाम्रा त्रिपुरासुरको पनि अन्त्य एकदिन हुने नै छ । त्रिपुरासुरको शाही फरमान सुदन किरातीमार्फत आए पनि हामीले यी गैरसनातनीहरूलाई यो देशबाट बाहिर जाओ भन्न सक्छौं ।
यिनीहरूलाई देशद्रोह, धर्मद्रोहको अपराधमा जेल कोच्न सक्छौं । सनातन धर्मको यो पवित्र देवस्थलीमा सनातन धर्म अवलम्बीबाहेक अरूलाई बस्ने अधिकार छैन । हामीले उनीहरूलाई मानवताका आधारमा बस्न दिएका छौं ।
यावन्ति भूवितीर्थानी आसमुद्रसरांसि च ।
क्षेत्रेस्मिन् तानी तीर्थानी आगमिष्यन्ति मत्कृते ।
अहं पुनः हिमवते पादैंः हिमवतः शुभे ।
नेपालास्य समुत्पत्य स्वयमेव महितलात् ।
अर्थात् यस भूलोकमा जति पनि तीर्थहरू, सरोवरहरू हिमालयदेखि समुद्रसम्म छन् ती सबै तीर्थ एकै स्थानमा भएको, शैलपति हिमालयको पुण्यस्थल नेपाल नाम गरेको देशमा म आफैं बराह रूपमा अवतीर्ण हुनेछु । हेक्का रहोस् यो पुण्य भूमि हामी सनातन धर्मावलम्बीहरूकै हो ।
पुनः त्रिशंकुको प्रसंग, स्वर्ग तथा पृथ्वीको बीचमा झुण्डिएको सत्यव्रत अर्थात् त्रिशंकुले विश्वामित्रलाई आफ्नो शक्तिको प्रयोग गरेर एउटा नयाँ स्वर्ग बनाइदिन अनुरोध गरे । विश्वामित्रले आफ्नो शक्तिको प्रयोग गर्दै स्वर्ग र पृथ्वीको बीचमा एउटा नयाँ स्वर्ग बनाइदिए र त्रिशंकुलाई त्यहीँ बस्न भने । उनी सत्यव्रत भएर नयाँ स्वर्गमा बस्न थाले । विश्वमित्रले सत्यव्रतलाई नयाँ स्वर्गको इन्द्र बनाउन तपस्या गरे । त्यो तपस्याबाट चिन्तित देवताहरूले विश्वामित्रलाई सम्झाए सशरीर स्वर्ग प्रवेश अप्राकृतिक घटना हो, त्यसैले त्रिशंकुलाई स्वर्ग प्रवेशमा निषेध गरिएको हो ।
उनीहरूको कुरामा विशामित्र सहमत भए तर उनले सत्यव्रतलाई वचन दिइसकेका थिए । उनी द्विविधामा परेपछि बीचको बाटो अवलम्बन गरे । उनले आफ्नो तपस्या भंग गर्ने शर्त देवताहरू सामु राख्दै भने, सत्यव्रतलाई नयाँ स्वर्गमा बस्न दिने र सत्यव्रतले इन्द्रको आज्ञाको अवहेलना नगर्ने । यसरी त्रिशंकु स्वर्ग र पृथ्वीको बीचमा झुण्डिएर बसेका छन् । हाम्रा सनातन धर्मविरोधी त्रिपुरासुर तथा उनका अनुयायीहरूलाई त्रिशंकु जस्तो बीचको बाटो अपनाएर जान दिने कि त्रिपुरासुर जस्तै नियति भोग्न बाध्य पार्ने आगे सनातन धर्म अवलम्बी जनताको इच्छा ।
यी त्रिपुरासुर र यिनका अनुयायी अर्थात् यो संविधानअन्तर्गतको व्यवस्था मान्नेहरू फेरि पनि रावणले झैँ साधुको भेष धारण गरी हाम्रो धर्म, हाम्रो संस्कृति हरण गर्न आउने छन् । सतर्क हुनुपर्छ हामी । विदेशी शक्तिकेन्द्रले त्रिशंकु बनाएका यिनीहरू हामीलाई फेरि पनि त्रिशंकु बनाउन आउनेछन् । गोस्वामी तुलसीदासले भन्नुभएको छ (लखि सुबेष जग बंचक जेऊ । बेष प्रताप पूजिअहिं तेऊ ।। उघरहि अंत न होई निबाहू । कालनेमि जिमि रावन राहू ।।) अवधी भाषाको यो दोहाको भावार्थ हो, जो भेषधारी ठग हुन्, उनलाई पनि राम्रो (साधु जस्तै) भेष बनाएको देखेर, भेषको प्रतापले जगले पुज्छ तर एक न एक दिन उनीहरू चौबाटोमा आइपुग्छन्, अन्त्यसम्म उनीहरूको कपट लुक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच