![सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेन : अध्यक्ष ओली](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/kp-oli-3.jpg)
झापा । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा भद्रपुर ब्लेजर्स विजयी भएको छ । यस्तै अर्को खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २-१ ले हराएको छ । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा तीन अंक जोडेको छ ।
खेलको १९औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गर्नुभयो । खेलको ८१औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल थप्नुभयो । कनकाईका सलिन कार्कीले ८३औँ सान्त्वना गोल फर्काउनुभयो । खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ हुनुभयो । उहाँलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले दुई हजार रुपैयाँ र ट्रफी प्रदान गर्नुभयो ।
दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुंगियो । खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू हुनुभयो । प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलका खेल मंसिर १९ र २० गते हुनेछन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुनेछन् ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, ट्रफी र दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले पाँच हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच