![लागुऔषधको ‘ट्रान्जिट’ बन्दै झापा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/lagu-aushadh-2.jpg)
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी हुनुहुन्छ ।
यस्तै नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी हुनुहुन्छ।
नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी हुनुहुन्छ।
यस अघि आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताले छलफल गर्नुभएको थियाे। नेताहरुको सहमति अनुसार सोमबार शीर्ष नेतासँगै अन्य नेताहरु पनि सहभागी बैठक बसेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले आउँदाे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी थालेकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच