प्रदेश स्तरीय बक्तृत्वकलामा खोटाङका मित्रनाथ प्रथम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा आयोजित प्रदेश स्तरिय ’युवा विद्यार्थी पलायनः परिस्थिति र परिवर्तनको बाटो’ विषयक वक्तृत्वकला प्रतियोगितामा खोटाङको दिक्तेल बहुमुखी क्याम्पसका मित्रनाथ खनाल प्रथम बन्नु भएको छ ।

केन्द्रिय अध्यक्ष आरती लामाको उपस्थितिमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा केन्द्रीय प्रविधि क्याम्पस धरानका ओसिन थापा दोस्रो र भोजपुर बहुमुखी क्यापसका प्रतिमा पाण्डे तेस्रो हुनु भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार सहितप्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।

प्रदेशमा रहेका क्याम्पसहरु मध्ये प्रतियोगितामा १३ वटा क्याम्पसले सहभागिता जनाएका थिए । सोक्रममा बोल्दै अनेरास्ववियू अध्यक्ष लामाले राजनीतिक भागबण्डाको भिसी नियुक्तिका कारण विश्वविद्यालय धरासयी बनेको भन्दै शिक्षाकै कारण युवा विद्यार्थी विदेशिनु पर्ने भयावह स्थिति सिर्जना भएको बताउनु भयो । यस्तै अनेरास्ववियू केन्द्रीय सदस्य मिलन राईले राजनीतिले गर्नु पर्ने काम नगरेका कारण राजनीति सबैको चासोको बिषय बन्नु पर्ने बताउनु भएको थियो ।

समय सान्दर्भिक बिषय भएकाले कार्यक्रम प्रभावकारी देखिएको अनेरास्ववियू भोजपुर जिल्ला कमिटीका अध्यक्ष प्रकाश सिं राईले बताउनुभयो । प्रतियोगितासँगै गायक डम्वर नेपाली र स्थानीय कलाकारहरुबाट सांगीतिक प्रस्तुतिहरु समेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?