कालीकोट । पृथ्वीनारायण शाहको एउटा भनाइ अहिले पनि चर्चित छ– ‘नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो ।’ यही भनाइजस्तै हाम्रो देश नेपालले विभिन्न जात, धर्म, संस्कार, संस्कृति, परम्परा तथा रीतिरिवाजको साझा थलोका रूपमा परिचय बनाएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्म विभिन्न जैवीक, सामाजिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ ।
समाजशास्त्रीय अध्ययनअनुसार मानिसले जब आर्थिक क्रियाकलापको सुरुवात ग-यो, तब मात्र समाजमा विभिन्न खालका वर्ग विभाजन भयो । जब मानिसले खाने कुरा पोलेर खान थाले, तब झुण्ड भएर बस्न थाले । त्यसपछि व्यत्तिगल सम्पत्ति तेरो, मेरो भन्ने भावना विकास भयो ।
भनिन्छ, आर्य भएको समाज जातपातमा बढी विभाजित छ, त्यहाँ जातीय भेदभाव र छुवाछूत चरम रूपमा छ । जब समाजमा पुँजीको उदय भयो, तब वर्ग पनि देखापरेको हो । अनि पछि विभिन्न जात, धर्म, संस्कार र संस्कृति स्थापना भएको पाइन्छ । यसैगरी जात व्यवस्था पनि पुँजीको उदयपश्चात् निहित शासक वर्गको स्वार्थ पूर्तिका लागि कायम गरिएको एक अमानवीय व्यवस्था हो । विश्वमा विभिन्न खालका विभेद अहिले पनि कायम छ । त्यस्तै नेपालमा पनि जात व्यवस्थाले मानिसलाई अमानवीय व्यवहारको सिकार बनाइरहको छ ।
इतिहास हेर्दा नेपालमा जयस्थिति मल्लको पालादेखि जात विभाजन गरिएको पाइन्छ । तर केही महत्वपूर्ण अभिलेख अध्ययन गर्दा जातको व्यवस्था कहिले र कहाँबाट भयो भनेर ठ्याक्कै कुनै प्रमाण भने छैन । केही लिखित दस्तावेज अध्ययन गर्दा नेपालमा जात व्यवस्था २६ सय वर्षपहिले नै सुरु भएको अनुमान गरिएको छ । जसको उदाहरण स्वरुप गौतम बुद्धले चण्डालकी छोरीको हातबाट पानी खाएपछि निकै आलोचना भएको बुद्धको जीवनीमा पढ्न पाइन्छ ।
नेपालमा जातीय विभेदलाई विभिन्न कालखण्डमा विभिन्न राज्यसत्ताले कठोर बनाउँदै लगेका थिए । जसमा शासकले आफ्नो सत्ता जोगाइराख्न पनि यस प्रकारको विभेद सिर्जना गरी श्रेणी बनाएको पाइन्छ ।
दलित को हुन् र दलित किन भनियो ? आजको विषयारम्भ यसैबाट गरौँ । दलित भन्नुपर्ने र दलित किन भनिरहनेबीच आममान्छेमा पनि समान धारणा छैन । दलित शब्दलाई लिएर समस्या उत्पन्न भएको छ । स्वयं दलितमा यो शब्द प्रयोग गर्ने र यसको अर्थ निर्धारण गर्ने सवालमा एकरूपता छैन । दलनमा परेकाहरूलाई सम्बोधन गर्ने बृहत् अर्थ बोकेको शब्द दलित दलनविरुद्धको आवाज हो ।
दलित विमर्श हुनुपर्छ । दलितको शक्ति सम्बन्ध रहनुपर्छ । दलित चेतना, दलित विद्रोह, दलित मानक, दलित सौन्दर्य, दलित विचार, दलित आन्दोलन, दलित पीडा र वेदना दलित समतामा आधारित विषयवस्तु विश्वविद्यालयमा पढाइने शोधको क्षेत्र मानिने नीति बन्नुपर्छ
छोटो शब्दमा भन्दा समाजमा पछि परेको वर्गलाई दलित भनिन्छ, नकि कामी, दमाईं, सार्की आदि जातका आधारमा होइन ।
दलित शब्दले दबाइएको, उत्पीडनमा पारिएको, बहिष्करणमा राखिएको, कुल्चिएको वा हेपिएको अर्थ दिन्छ । दलित त्यो हो; जसको दलन गरिएको हुन्छ । दलन गरिएका जति दलित हुन् । त्यसो भए किन जात व्यवस्थाको उच्च भनिएका जातका मान्छे दलित भएनन् ?
दलनमा पर्नेको कुनै निश्चित जात, धर्म र भूगोल हुँदैन । त्यसैले दमन, शोषण र हेपिएका मान्छे सबै दलित किन नहुने ? दलित शब्द आफैँमा विभेदी छ । प्रश्न यसरी उठेका छन् । त्यसो भए दलित को हो ? राजनीतिज्ञ आहुति भन्नुहुँन्छ्, “दलित भन्नु आफू तल भएको स्वीकार गर्नु होइन बरु आफूलाई अत्याचार गरिएको छ भन्नु हो । शासकले दलित हेपेर दिएको नाम होइन, हामी दलिएका र पेलिएका मान्छे हौँ । हामीलाई किनारामा धकेलिएको छ, त्यसैले हामी अन्यायमा परेका मान्छे हौँ भन्नु अपमानको विषय र हीनताबोधको कुरा होइन ।”
भारतको दलित आन्दोलनका योद्धा बाबा एम्बेडकरद्वारा स्थापित नामलाई नेपालमा पनि २०२४ सालबाट औपचारिक रूपमा प्रयोग गरिएको हो । नेपालको संविधान, २०७२ को धारा ४० मा दलित अधिकारको प्रावधान छ । दलित एउटा मानवतावादी आन्दोलनको साझा, छाता नाम हो । हजारौँ वर्षअघिदेखि सहेको पीडा बोल्ने, दलन झेलेका मान्छे हौँ भन्न दलित समुदायले धकाउनुपर्ने स्थिति छैन ? विश्वको सर्वहारा वर्गभन्दा पनि तल नेपालमा करिब १४ प्रतिशत जनसङ्ख्या छ, त्यसैले दलित सम्बोधन अमर्यादा र अपमानको विषय नभएर आन्दोलन र नयाँ पहिचानको विषय बनेको छ ।
शासक वर्गले हेपेर दिएको नाम कुजात, पाउनी, पानी अचल र अछुत हो । सबैभन्दा पेलिएको समुदाय कथित अछुत हो; तसर्थ त्यो समुदायलाई समष्टिमा चिनाउने शब्द दलित हो, त्यसैले अरू जातका दमन र उत्पीडनमा परेका मान्छे दलित होइनन् । हिन्दु वर्णवादी जात व्यवस्थाले शुद्र भनेर पिँधमा छोडेको हेला गरेको, मान्छे हुने हकबाट वञ्चित गरेको वर्ग र समुदाय हो । मानव–मानवबीच भिन्नता र वञ्चितीकरण गरेर पाखामा छोडिएको, सबै अवसरबाट अलग्गै राखिएको केवल सेवक ठानिएको समुदाय दलितको छाताभित्र अटाउने समुदाय बनेको छ । विभेदको अत्यन्तै अमानवीय पराकाष्ठा भोगेको वर्ग दलित हो । दलित व्यवस्था होइन, न हो जात; यो केवल अवस्था हो । सबभन्दा पुछारमा इतिहासविहीन, पहिचानविहीन र मर्यादाविहीन अवस्थामा रहेर पटक पटक मरेर बाँचेको समुदाय हो ।
दलित विमर्श हुनुपर्छ । दलितको शक्ति सम्बन्ध रहनुपर्छ । दलित चेतना, दलित विद्रोह, दलित मानक, दलित सौन्दर्य, दलित विचार, दलित आन्दोलन, दलित पीडा र वेदना दलित समतामा आधारित विषयवस्तु विश्वविद्यालयमा पढाइने शोधको क्षेत्र मानिने नीति बन्नुपर्छ
छोटो शब्दमा भन्दा समाजमा पछि परेको वर्गलाई दलित भनिन्छ, नकि कामी, दमाईं, सार्की आदि जातका आधारमा होइन । तर, यहाँ २१ औँ शताब्दीका माथिल्लो तहका विज्ञहरूले त अर्थलाई अनर्थ लगाएर समाजमा यसरी परिभाषित गरिदिएका छन् कि विश्व शब्दकोष नै फ्लप भएको छ र यसैलाई अगाडि सारेर गतिलो व्यापार बनाइएको छ ।
जबदेखि हिन्दू समाजमा ‘जातीय कोरोना’ घुस्यो, तबदेखि नै ‘शूद्र’ (दलित) समुदायका मानिस संक्रमण र मृत्यको सिकार भइरहेका छन् । अनि जबसम्म यो ‘जातीय भाइरस’ निर्मूल पारिँदैन, तबसम्म यसले दलितको ज्यान लिइरहने निश्चित छ ।
यो समाजको नजरमा बरु बलात्कार उति ठूलो अपराध होइन, जति ठूलो अपराध ‘अछूत’ भएर पनि ‘उच्च’ जातिसँग प्रेम गर्नु हो । रुकुम चौरजहारीको हत्याकाण्डले यही तीतो यथार्थलाई पुनः एकपटक अझ बृहत् रूपमा पुष्टि गरेको छ । अर्थात् ‘ठूला जाति’ का मानिससँग प्रेम गरेको ‘अपराध’ मा फेरि एक जना दलितलाई ‘मृत्युदण्ड’ दिइएको छ । अझ यसपटक त अन्तरजातीय प्रेम गर्ने एक जना ‘डुम’ को मात्र होइन, उसलाई साथ दिने अन्य ५ युवाको समेत एकैसाथ हत्या गरी समाप्त पारियो । तर तपाईंले अहिलेसम्म यसरी गाउँ नै उल्टिएर कुनै बलात्कारीलाई मृत्युको सजाय दिएको सुन्नुभएको छ ? तसर्थ यो बलात्कारभन्दा ठूलो अपराध भएन र ?
यसरी ‘महान’ धर्म, संस्कार र परम्पराविपरीत ‘तल्लो जात’ भएर ‘माथिल्लो जात’ सँग मायाप्रिती गाँस्ने दुस्साहस गर्ने दलितको दर्दनाक हत्या गरिएको न यो पहिलो घटना हो, न अन्तिम नै हुनेछ ।
जबदेखि हिन्दू समाजमा ‘जातीय कोरोना’ घुस्यो, तबदेखि नै ‘शूद्र’ (दलित) समुदायका मानिस संक्रमण र मृत्यको सिकार भइरहेका छन् । अनि जबसम्म यो ‘जातीय भाइरस’ निर्मूल पारिँदैन, तबसम्म यसले दलितको ज्यान लिइरहने निश्चित छ ।
तर यसको अन्त्य गर्न अहिलेको नोबेल कोरोना भाइरसविरुद्ध जस्तै कुनै खोप वा औषधि बनिसकेको छैन् । अब पनि यो व्यापारको अन्त्य भएन भने कसैसँग मन विचार मिलेर प्रेम गरेको बदलामा यहाँ नवराजहरूजस्ता हजारौँ प्रेमी र प्रेमिकाहरूले आफूले प्रेम गरेको मान्छे गुमाउनुपर्छ । कसैले पानि छोइदिएकै निहुँमा अकालमै मर्नुपर्छ भने यता पछि परेकालाई उकास्ने नाममा माथिल्ला तहका विज्ञहरूको बिजनेस फस्टाइरहनेछ ।
त्यसैले म देशको एउटा सक्षम र इमानदार नागरिकको हैसियतले मेरो सरकारसँग मेरो यो पहिलो र अन्तिम अनुरोध । हुन त मलाई थाहा छ कि यति विकराल समस्या यति सजिलै अन्त्य हुँदैन र मलाई यो पनि थाहा छ । सरकारले अब केही यस्तो परिवर्तन गर्न जरूरी छ ताकि राज्यमा जेजति उन्नति प्रगति भएको छ, त्यसमा हामीहरूले गरेको योगदाको कदर होस् । अब जातीय र वर्गीय हिसाबमा भएका अपराधका लागि बनाइएको कानुन र कारबाहीले मात्रै परिवर्तन आएन भन्ने कुरा सबैले बुझ्न जरूरी छ । र, हामीले यो पनि बुझ्न जरूरी छ कि जातीय र वर्गीय विभेदका लागि गरिने अबको यो लडाइँ इतिहासकै अन्तिम लडाइँ हुनेछ ।
त्यसैले हामीलाई पनि राज्यले आफ्नो नागरिक ठान्छ भने र यदि देशमा फेरि अशान्ति नछाओस् भन्ने कुरा राज्यले चाहन्छ भने अब कि त दलित शब्दको अर्थ राज्यका प्रत्येक कुनाकुनाका नागरिकलाई थाहा होस् कि कामी दमाईं, सार्की भएकै कारण दलित वर्ग बनाइएको होइन भनेर । यदि त्यसो होइन भने यो शब्दको व्यापार बन्द गर्नुस् ।
देशका कुनाकुनामा दलित वर्गमा पर्ने बाहुन क्षेत्रीहरूको कुनै कमी छैन, देशका सबै दलितको खोजीनिती गरी सबै दलितलाई समेट्ने गरी कार्यक्रम ल्याउन म विनम्रतापूर्वक सरकारलाई अनुरोध गर्दछु । यदि साँच्चिकै मान्छे जातले ठूलोसानो हुन्छ भने त्यो जात कसरी सानो भयो ? इतिहासका पाना पल्टाएर हेर्नुस्, हातमा सीप, दिलमा मानवता, इमानदारिता, गला, कला, बुद्धिविवेक सबै थोक भाको मानिसलाई सानो जातको बिल्ला भिराइदिने अधिकार तपाईंहरूलाई कसले दियो ?
अहिलेका २१ औँ शताब्दीका शिक्षित भनिएका र खोक्रो मानवता भएका मान्छेहरू भन्छन्,’ मलाई जातपातसँग कुनै मतलब छैन, म मजाले कथित् दलितहरूको घरमा गएर अथवा सँगै बसेर खान्छु ।’ यस्तैयस्तै भनेर उनीहरू खुब दया पनि देखाउँछन् । जब उनीहरूको घरमै सँगै बसेर खाने कुरा आउँछ, जब विवाहको कुरा आउँछ, तब भन्छन्, समय लाग्छ ।
त्यस्ता मान्छेहरूले आर्जन गरेको शिक्षा पनि के शिक्षा, जसले आफ्नो परीवारलाई समेत परिवर्तन गर्न सक्दैन । हामीलाई हाम्रो बाहुन क्षत्रीले हाम्रो घरभित्र हामीसँगै पानी खाइदिने समानता चाहिएको होइन । चाहिएको पनि छैन । हामीलाई कसैको खोक्रो दया, र झुटो कोटा र वर्ग पनि चाहिएको छैन ।
यदि साँच्चिकै मानवता नहराएका मान्छेहरू जिउँदै छौ र देशलाई शान्तिपूर्ण बनाई राख्न, देशलाई उन्नति प्रगतितिर लैजान चाहन्छौ भने जातकै कारण मर्नुपरेको यिनै नवराजको मृत्यु अन्तिम मृत्यु होस् । फेरि अरु नवराजले त्यसरी मर्नु नपरोस् । तर, यो घटना सिर्फ कारबाहीमा मात्रै सीमित नहोस् । अब जातीय र वर्गीय विभेदको अन्त्य होस् ।
अब देशमा यस्तो एउटा इतिहास रचियोस् कि जेलबाट सजाय भोगेर निस्किएको अपराधी फेरि उस्तै अपराधी नबनोस् । देशका प्रत्येक नागरिकमा जातले कोही ठूलो सानो हुँदैन भन्ने संस्कारको ज्ञान होस् । घर झगडा धेरै गर्ने भएकै कारण पनि अहिले हामी विश्वका गरिब देशहरूको सर्कलमा छौँ । सरकार ! अब यस्ता सबै गतिविधि बन्द होऊन्, ताकि देशको सिमाना बचाउन जाँदा हामी मरिहाल्यौँ भने पनि नेपाली भनेर आफ्नो मृत्युमा गर्व गर्न पाइयोस् ।
(लेखक बिश्वकर्मा पत्रकारिता सँगसँगै जातीय विभेद र बालबालिकाको क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच