कालीकोट । बालबिवाह विरुद्ध साझा अभियान कालीकोटले खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधिहरुसँग स्थानीयतहको रणनीतिक योजनाबारे बृहत् छलफल गरको छ ।
समाजमा हुने विभिन्न किसिमका विवाह मध्ये बालबिवाह, छिटो बिवाह, मागि बिवाह र जबरजस्ती विवाह न्यूनिकरण गर्न स्थानीय तहले नीति र रणनीतिका साथ अगाडि बढ्नुपर्ने भन्दै जनप्रतिनीधि र सरोकारवालासँग छलफल गरएको हो ।
बालविवाहविरुद्ध साझा अभियान कालीकोटले यसको अन्त्यका लागि योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटनका लागि छलफल र सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि खाँडाचक्रमा काम गर्न छलफल गरिको बताएको छ ।
हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय कार्यपालिकामा पारित गराउने उद्देश्य सहित आजको छलफल कार्यक्रम राखिएको बालविवाह विरुद्ध साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीले बताउनुभयो ।
खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक गणेशबहादुर शाहीले बालविवाह न्यूनिकरण गर्न आर्थिक भार मात्र नभई जनमासमा रहेका नागरिकको चेतना वृद्धि विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
शाहीले बालबिवाह मात्र नभई नगरपालिकाभित्र हुने विभिन्न किसिमका हिंसा लगायत हन्य बिकृति र विसंगतीका लागि नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्नेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । नगर उपप्रमुख शाहीले बालबिवाह रोकथाम तथा न्यूनिकरणका लागि रणनीतिक योजनाका साथ पालिका अघि बढ्ने बताउनुभएको छ ।
खाँडाचक्रमा हुने बालबिवाह, छिटो बिवाह, जबरर्जस्ती बिवाह र मागी विवाह न्यूनिकरण गर्न आफ्नो वडाले अभियान चलाएको वडा नम्बर–१ का वडा ध्यक्ष धर्मराज टमट्टाले बताउनुभयो । बालविवाह न्यूनिकरण कै लागि दलित समुदायका उमेर पुगेर बिवाह गर्ने जोडीलाई दश हजार पुरस्कारको व्यवस्था समेत गरिको उहाँले बतानुभयो ।
बालविवाह न्युनिकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले कदम चाले सहयोगका लागि कार्यपालिकामा आवाज उठाउने खाँडाचक्र नगरपालिका वढा नम्बर– ८ का वडध्यक्ष नन्दबहादुर मल्लले बताउनुभयो ।
किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालबिवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्ने रणनीति प्रभावकारी हुने अपेक्षा गरिएको दलित महिला संघ फेडो नेपाल कालीकोटका जिल्ला संयोजक रमेश नेपालीले बताउनुभएको थियो ।
बालविवाह विरुद्धको साझा अभियान सञ्जालले कर्णाली प्रदेशका ३० वटा स्थानीय तहरुमा बालविवाह लगायत अन्य कुरीति, कुसंस्कार रोकथामका क्षेत्रमा काम गरिरहेको छ । यसको संयोजकमा मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोट छ । विगत लामो समययता बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कालीकोटले यस जिल्लामा पनि बालविवाह तथा समाजमा हुने कुप्रर्थाविरुद्ध काम गरिरहेको बताइएको छ ।
खाँडाचक्र नगरपालिकालाई बालबिवाह न्यूनिकरण गर्नका लागि रणनीतिक योजना तयार गर्न मस्यौदा समिति समेत तयार गर्ने निर्णय गरिएको छ । जसमा खाँडाचक्र नगरपालिका– १ का अध्यक्ष धर्मराज टमट्टाको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । बालबिवाह विरुद्ध साझा अभियान सञ्जाल कालीकोटका सहसंयोजक कालीबहादुर मल्लको अध्यक्षता, नगर उपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सञ्चालक मानवअधिकार रक्षक सञ्जाल कालीकोटका संयोजक डिल्लीप्रसाद चौलागाईले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच