करोडौंका रिचार्ज कार्ड हराए

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद नगर्न सचेत गराएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड हराएकाले उक्त नम्बरको रिचार्ज कार्ड खरिदबिक्री नगर्न कम्पनीले आग्रह गरेको हो ।

लिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएका हुन् ।

करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत् पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको उल्लेख गर्दै कम्पनीले उल्लेखित सिरियल नम्बरका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?