काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वतस्फूर्तरूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुला बजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको मूल्य बढाइएको भन्दै आपत्ति जनाएको छ । अव्यावहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीले कार्टेलिङ गरी हालै प्रतिबोरा एक सय रुपैयाँ मूल्यवृद्धि गरिनु कानुनविपरीतको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पनि कार्टेलिङ गरी पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ, म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीको अर्बौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धरासायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अबिलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन महासंघ पुनः नेपाल सरकारका सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच