ढलान हुने अवस्थामा रहेको पुल भत्कियो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा निर्माणाधिन मोटरेबलपुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका वडा नम्वर २ र साल्पासिलिछो गाउँपालिका वडा नम्वर ३ जोड्छ ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको छ । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरुपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको अनुमान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताउनुभयो । पुर्वाधार विकास कार्यलय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानविन गर्नु पर्ने माग स्थानीयहरुले राखेका छन् ।

लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?