कोलम्बो । श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ । कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यालय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन् ।
सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन् ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ । सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ ।
-एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र