कोलम्बो । श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ । कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यालय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन् ।
सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन् ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ । सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ ।
-एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :