कलाकार कुमारले स्वतन्त्र उम्मेदवारी दिने

Read Time = 1 min

काठमाडौं । पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार, लेखक तथा निर्देशक कुमार कट्टेलले झापा क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ ।

‘जिग्री ब्रो’ नामले परिचित कुमारले उम्मेदवारी दिने ठाउँ उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रसमेत हो । मिडियासँग कुरा गर्ने क्रममा कलाकार कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताउनुभएको छ । चाडै उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उहाँको भनाइ छ । कट्टेल पनि झापा-५ कै मतदाता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?