मुक्तिनाथद्वारा दुर्घटना बीमाबापत १० लाख

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा ज्यान गुमाउनुभएका कोहलपुर नगरपालिका-११ का स्व. जयप्रकाश घर्तीको परिवारलाई बीमादाबी भुक्तानीबापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । उहाँले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नुभएको थियो । बैंकले सिद्धार्थ इन्स्योरेन्ससँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले बुधबार कोहलपुर नगरपालिका ११ वडा कार्यालयमा एक कार्यक्रमबीच उक्त बीमादाबी भुक्तानीबापत १० लाखको रकम मृतककी श्रीमती सलिनावली घर्तीलाई हस्तान्तरण गरेको हो । रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडाध्यक्ष कल्पना शर्माले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । हाल बैंकको परिवार लक्षित एक करोड एक लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशीर्वाद बचत खाता पनि निकै लोकप्रिय रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?