धादिङ । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरको सबै स्थानीय तहलाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरेको छ ।
विकास निर्माणको आधारमा खानेपानी, यातायात , विधुत, स्वास्थ्य, शिक्षा लागायत सबै बिकासका पुर्बधारको आधारमा मन्त्रालयले देशभरको सबै स्थानीय तहलाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरेको हो ।
जस अन्तर्गत धादिङको १३ वटा स्थानीय तह मध्ये ३ स्थानी तह अति दुर्गम र ३ दुर्गममा परेका छन् । मन्त्रालयको वर्गिकरण अनुसार रुबीभ्याली, गंगाजमुना र खनियाबास गाउँपालिका अति दुर्गममा परेका छन् भने ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ गाउँपालिका दुर्गममा परेका छन् भने अन्य पालिकाहरु मध्यममा परेका छन् । मत्रालय सबै स्थानीय तहलाई चार वर्गमा बाडेको छ । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ । प्रारम्भिक प्रतिवेदनमा १ सय ६२ अतिदुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ सुगम वर्गमा परेका छन् । यो वर्गीकरणमा सबैभन्दा बढी २ सय ७५ स्थानीय तह मध्यम अर्थात् ग’ वर्गमा परेका छन् ।
भौगोलिक स्थिति
उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्लाको रुपमा परिचित, धादिङ जिल्ला प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ ।
धादिङ जिल्ला अनेकौ नदिनाला तथा प्राकृतिक मनोरम दृश्यहरुले भरिपूर्ण जिल्ला हो । गंगाजमुना झरना, झर्लाङको तातोेपानी मूल, गुप्तेश्वर तथा चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक तथा विभिन्न फाँटहरु नै यो जिल्लाको पहिचान हुन् ।
धादिङ जिल्ला नेपालको बागमती प्रदेशमा अविस्थित छ । यो जिल्लाको पूर्वमा रसुवा, नुवाकोट र काठमाण्डौ जिल्ला पर्दछन् भने पश्चिममा गोर्खा जिल्ला पर्दछ । त्यसै गरी उत्तरमा छिमेकी मुलुक चीन पर्दछ भने दक्षिणमा मकवानपुर र चितवन जिल्ला पर्दछन् । धादिङ जिल्लाको क्षेत्रफल १९२४.९ वर्ग कि.मी. रहेको छ भने यहाँ समशीतोष्ण मौसमी हावापानी पाईन्छ । यो जिल्ला २७°४०’ उत्तर देखि २८°१४’ उत्तरी अक्षांश र ८४°३५’ पूर्व देखि ८०°१७’ पूर्व देशान्तरसम्म फैलिएको छ भने धरातलीय उचाई समुद्री सतहबाट ५०० मिटर देखि ७५०० मिटरसम्म रहेको छ (गणेश हिमाल ७११० मिटर) ।
त्रिशुली, बुढी गण्डकी र आंखु खोला जिल्लाका मुख्य नदीहरु हुन् । जिल्लाको मुख्य पेशा कृषि हो भने ७० प्रतिशत भन्दा बढी स्थानीयवासीहरु हालसम्म पनि कृषि पेशामा आबद्ध रहेका छन् । पशुपंक्षीको बिक्री, बैदेशिक रोजागर, बालुवा उत्पादन एवं प्रशोधन र विभिन्न श्रममूलक प्रविधिमा आधारित व्यवसाय नै यहाँका अधिकांश परिवारको आम्दानीको स्रोत हो ।
काठमाण्डौसँग सीमा जोडिएको हुनाले जिल्लाका केही क्षेत्रहरुमा व्यावसायिक तरकारी खेतीलाई पनि जीविकोपार्जनको प्रमुख आधार बनाएको पाईन्छ । वि.स. २०३२ साल भन्दा पहिले सुनौला बजारमा रहेको सदरमुकाम हाल धादिङबेसी (निलकण्ठ नगरपालिका) मा रहेको छ ।
जिल्लाको भौगोलिक अवस्थिति :
अक्षांस:- २७° ४०' उत्तरी अक्षांस देखी २८° १७' उत्तरी अक्षांस सम्म
देशान्तर:- ८४° १७' पुर्वी देशान्तर देखी ८४° ३५ ' पुर्व सम्म
कुल क्षेत्रफल १९२४८७ हेक्टर (१,९२४.९ बर्ग कि. मि.)
सिमाना
पूर्व:- काठमाण्डौ नुवाकोट र रसुवा जिल्ला
पश्चिम:- गोरखा जिल्ला
उत्तर:- रसुवा जिल्ला र चीन
दक्षिण:- मकवानपुर र चितवन जिल्ला
सदरमुकाम:- धादिङबेसी (६४० मी उचाइमा)
सबैभन्दा उच्च भूमी:- पाविल हिमाल (७११० मी)
सबैभन्दा होचो भूमी:- जोगिमारा (३०० मी)
ठुला नदी र खाोल्साहरु:- २५ वटा
साना नदी र खोल्साहरु:- १७४३ वटा
हावापानी/जलबायु:- उपोष्ण २८° - ३०° से समशीतोष्ण २०° से र शितोष्ण ३°-१०° से
वर्षा:- १९१२ देखी ३५३५ मि. मी. कुल कृषी योग्य भूमी:- ७३३५५६० हे,
बनक्षेत्रफल:- ६७४५० हे, झाडी:- १५४०४ हे
चरन चौर:- १५९४१ हे
राजनैतिक विभाजन
संघीय निर्वाचन क्षेत्र संख्या:- २ स्थानीय तह:- १३
गाउँपालिका:- ११ नगरपालिका -२
धादिङ जिल्लाको जनसांखिक तथ्याङ्क २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार
कुल जनसंख्या:- ७२२७५१ कुल घरधुरी:- ७८६६३
कुल परिवार संख्या:- ८४४६३ औसत परिवार आकार:- ३.८२
जनघनत्व:-१६८ जनसंख्या वृद्धिदर:- -०.३९प्रतिशत
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच