काठमाडौं । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरियताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर-२०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनल खेलमा तेस्रो वरियताका दिनेशले १६औं होलमा जित आफ्नो पक्षमा पार्नुभयो । उहाँले सातौं वरियताका रामे मगरलाई ३/२ ले हराउँदै लगातार दोस्रोपटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाउनुभयो । उहाँले नौ होलको समाप्तीमा दुई होलको अग्रता बनाइसक्नुभएको छ । उपाधि रक्षा गर्न दिनेश अबमात्र एक जित टाढा छन् ।
अर्को सेमिफाइनल खेलमा चौथो वरियताका जयराम श्रेष्ठले नवौं वरियताका भुवनकुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराउनुभयो । नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाउनुभएको थियो । भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाउनुभएको थियो । तर १६औं र १७औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
त्यसअघि भएको क्वार्टरफाइनलमा नवौं वरियताका भुवनकुमार रोक्काले अप्रत्याशित नतिजा निकाल्नुभयो । उहाँले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराउनुभयो । जयरामले क्वार्टरफाइनलमा पाँचौं वरियताका सञ्जय लामालाई २/१ ले हराउनुभएको थियो ।
अर्को क्वार्टरफाइनलमा दिनेश प्रजापतिले छैटौं वरियताका रवि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । यस्तै रामे मगरले क्वार्टरफाइनलमा १५औं वरियताका प्रदीपकुमार लामालाई २/१ ले माथ दिनुभयो । प्रदीपले पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराउनुभएको थियो ।
दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ । कुल दुई लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच