रेसुङ्गा क्षेत्रमा वृक्षरोपण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा वृक्षारोपण शुभारम्भ गरिएको छ । "सन्ततिका लागि सोचौं, समृद्धि र हरियालिका लागि रुख रोपौं' भन्ने मुख्य नारासहित रेसुङ्गा वन संरक्षण क्षेत्रमा वृक्षरोपण शुभारम्भ गरिएको हो ।

डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिकाको नीति कार्यक्रममा समावेश कार्यक्रम अन्तर्गत वृक्षरोपण शुभारम्भ गरिएको बताइएको छ । रेसुङ्गा गडजुरा (गोरुजुधा) देखी महापोखरी सम्मको रेसुङ्गा संरक्षित वन क्षेत्रमा वृक्ष र पुष्परोपण गरिएको हो ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ऐतिहासिक, धार्मिक तथा पर्यापर्यटकीय क्षेत्र रेसुङ्गाको सौन्दर्यकरण तथा प्रचारप्रसारको एउटा कार्य अगाडि बढाउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

लोपोन्मुख तथा आयुर्वेदिक गुण भएका विरुवाहरु टिमुर चार हजार, सुगन्धकोकिला र मलायगिरी पाँच सय, ज्याकाराण्डा पाँच सय र गुल्मोहर निलो र रातो पाँच रपाँच सय बिरुवा रोपण गरिने नगरप्रमुख पन्थीले बताउनुभयो ।

त्यस्तै, धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनडाँडामा पनि हजारौं चाप र टिमुरका बिरुवा रोपणको कार्य छिट्टै गरिने भन्दै बिरुवा रोपणको कार्यले यहाँको पर्यापर्यटनमा टेवा पुग्नुको साथै वन क्षेत्रको जैविक विविधतालाई समेत बढाउने आफुले विश्वास लिएको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?