बर्लिन । युक्रेनमा रूसले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको र यस द्वन्द्वबाट रूस कमजोर हुने जर्मनीका एक वरिष्ठ सैनिक अधिकारीले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सन् २०२२ को फेब्रुअरीमा आक्रमण सुरु गरेको रूसी सेनाविरुद्धको युद्धका लागि पश्चिमी समर्थन कायम राख्न किएभ लडिरहेका बेला यो अन्तर्वार्ता आएको हो ।
‘तपाईंलाई थाहा छ, पश्चिमा गुप्तचर निकायका अनुसार तीन लाख रुसी सैनिक मारिएका छन् वा यति नै संख्यामा गम्भीर घाइते भएका छन् । उनीहरूलाई युद्धका लागि परिचालन गर्न सकिँदैन,’ किभका लागि जर्मन सेनाको समर्थन हेर्ने क्रिश्चियन फ्रायडिङले सुइड ड्युचे जेइटुङ पत्रिकासँग बताउनुभयो ।
यसै महिनाको सुरुमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले युक्रेनमा युद्ध सुरु भएयता तीन लाख १५ हजार रुसी सैनिक मारिएको वा घाइते भएको संकेत गरेको थियो ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसका प्रमुख सल्लाहकारसमेत रहनुभएका फ्रायडिङले भन्नुभयोे, ‘रुसले मानिस र सामग्रीको ठूलो क्षति बेहोर्नुपरेको छ ।’
रुसले हजारौं युद्धक ट्यांकी र इन्फेन्ट्री लडाकु सवारीसाधन पनि गुमाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भौतिक र सैनिक दुवै हिसाबले कमजोर भएको यो युद्धबाट रुसी सशस्त्र बल बाहिर निस्कनेछ ।’
फ्रायडिङका अनुसार रुसले ‘कैदीको प्रयोगसहित’ सैनिक भर्तीलाई निरन्तरता दिएको र रुसको हतियार उद्योगमा ठूलो लगानी भइरहेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा मस्कोले स्वेच्छाले सेनाका लागि चार लाख ८६ हजार सैनिक भर्ना गरेको र अर्को वर्ष सेनालाई बलियो बनाउने प्रयासले तीव्रता पाउने बताउनुभएको थियो ।
रुसको रक्षा क्षमतालाई बढावा दिने वाचा गर्नुभएकाले अर्थव्यवस्था युद्ध प्रयासतर्फ मोडियो र क्रेमलिनले व्यापक पश्चिमी प्रतिबन्धहरूको प्रभावलाई बेवास्ता गरिरहेको उहाँले बताउनुभयो ।
जर्मन जनरल फ्रायडिङले रुसले युद्धको सुरुवातमा पश्चिमी सहयोगीहरूले अपेक्षा गरेभन्दा बढी ‘लचिलोपन’ प्रदर्शन गरिरहेको दाबी गर्नुभयो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच