![स्वास्थ्य सेवा तथा गुणस्तर सम्बन्धी सामाजिक परीक्षण](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/health-programme.jpg)
काठमाडौं । १३औँ संस्करणको ‘म्यानहन्ट इन्टरनेसनल’का लागि अडिसन सुरु भएको छ । गु्रप अफ इभेन्ट इन्टरटेनर्स (जिइई) को आयोजनामा पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ का लागि आज (शनिबार)देखि अडिसन सुरु भएको हो ।
आयोजक गु्रप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाका अनुसार प्रतियोगितामा स्पर्धा गर्नका लागि उचाइ कम्तीमा ५.८ फुट हुनुपर्ने तथा १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागिता जनाउन सक्नेछन् । सक्सेनाका अनुसार विवाहित र अविवाहित दुवैले प्रतियोगितामा स्पर्धा गर्न सक्नेछन् ।
यसअघिका म्यानहन्ट इन्टरनेसनल नेपालका विजेता विभिन्न क्षेत्रमा स्थापित बनेका छन् । यसअघि क्रमशः अभिनेता प्रशान्त ताम्राकार, युवा व्यवसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, अभिनेता तथा मोडल समिन खान र आयुषमान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशील श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विवेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेसनल नेपालका विजेता हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच