राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताउनुभएको हो । उहाँले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरुलाई जानकारी गराउनुभएको बताउनु भयो ।

उहाँले प्रतिनिधि सभाको पहिलो बैठक र विश्वासको मतका बारेमा आजको बैठकमा छलफल केन्द्रित भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनु भयो । त्यही विषयमा छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर निर्णय भने भइसकेको छैन ।’

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइ नसकेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?