भूकम्पीय विपद्को उच्च जोखिममा बाँके

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । बाँके भुकम्पको उच्च जोखिमयुक्त जिल्लाका रुपमा रहेको पाइएको छ । एक बेलायती विश्वविद्यालयले गरेको अध्ययनले बाँक भुकम्पीय विपद्को उच्च जोखिममा रहेको पाइएको हो ।

बेलायतको डोरमन विश्वविद्यालयले गरेको एक अध्ययनले नेपालमा विगत चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएको देखाएको छ । अब भने ठूलो भूकम्पको जोखिममा पश्चिम क्षेत्र रहेको निष्कर्ष निकालेको छ । उक्त अध्ययनअनुसार रुकुम क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ । यसैगरी पश्चिमको कुनैपनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरहरुमा क्षति पुग्नसक्ने प्रक्षेपण गरिएको रेडक्रसद्वारा सन्चालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजनाका परामर्शदाता गेहेन्द्र बमले बताउनु भयो ।

नेपालगञ्जमा मात्रै करिब ११ हजार आठ सय जनाभन्दा बढी मानिसहरु विपद्को जोखिममा रहेका उहाँले बताउनुभयो । यस आधारमा अब नेपालगञ्ज र आसपासका सहरी क्षेत्रमा भुकम्पीय विपदको पूर्वतयारी तथा प्रतिकार्यको लागि योजना बनाउनु आवश्यक रहेकोमा उहाँले बताउनुभयो । बाँके भुकम्पको उच्च जोखिममा रहेको पाइएपछि नेपालगञ्ज उपमहानगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने जनाएको छ । रेडक्रसद्वारा सन्चालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत प्रतिकार्य योजना बन्न लागेको हो । योजनालाई अन्तिम रुप दिन कार्यशाला विहीबारबाट सुरु भएको छ । यसभन्दा अघि विभिन्न आठ वटा कलष्टर बनाएर विभिन्न चरणमा छलफल भएको र अब अन्तिम कार्यशालाबाट मस्यौदालाई टुंगोमा पु¥याइने रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले जानकारी दिनुभयो । उक्त प्रतिकार्य योजनाले विपदको पूर्वतयारी योजना र विपद्को क्षति न्यूनीकरणका लागि उपमहानगरपालिकाले गर्ने कामहरुको बारेमा प्रष्टता ल्याउने उहाँले बताउनु भयो ।

शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत नेपालगन्जका संकटासन्न क्षेत्रहरुको जिआइएस म्यापिङ गरेको छ । उपमहानगरपालिकालाई स्रोतसाधन पनि उक्त परियोजनाले उपलब्ध गराउनेछ । सहरी क्षेत्रको वडा नम्बर ३ र ७ मा एक हजार चार सय घरहरुको भौतिक अवस्था पनि परीक्षण गरिएको छ । यी सबै अध्ययनहरुलाई समेटेर उपमहानगरपालिकाको प्रतिकार्य योजना बन्ने जनाइएको छ । योजना निर्माण भइसकेपछि उपमहानगरपालिकाले कार्यान्वयन गर्नेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?