मुगु । लगातारको हिमपातले कर्णाली राजमार्ग अन्तरगत नाग्म-गमगढी सडक खण्ड अवरुद्ध भएको छ ।
एक हप्ता अघि यो खण्डमा जमेको हिउँ पन्छाइ सडक डिभिजन कार्यालय जुम्ल्लाले सडक सुचारु गरेको थियो ।
पुन शुक्रबारबाट लेख तिर हिउँ र बेशी तिर पानी पर्न थालेपछि सडक अबरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट मुगु आएका सवारी गाडीहरु बाटोमै रोकिएका छन् ।
झाडनाउला,सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु जुम्ला सिमाना बुलबुलेमा बाख्लो हिउँ जमेकाले सडक अबरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताउनु भयो ।
मौसममा सुधार आउनासाथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने र हिउँ अझै परिरहेकोले यो सडक भएर यात्रा गर्ने सबैलाइ सकभर यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालय जुम्लाले आफ्नो फेसवुक एकाण्ट मार्फत आइतबार सुचना जारी गर्दै सचेत गराएको छ ।
सडक अबरुद्ध हुदा नेपालगन्ज,सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामाग्रीहरु बोकेर आएका मालवाहक गाडिहरु बुलबुले मै रोकिएका छन् ।
नाग्म -गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो र रुख ढलेर सँधै अबरुद्ध हुने गर्दछ ।
नेपालकाे ठूलो तथा गहिरो ताल रारा ताल र नेपाली भाषाको उद्गम स्थल सिन्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सँधै व्यस्त हुनेगर्दछ ।
पर्यटकीय सडक भएकाले पर्यटकहरुले सडक कै कारण दुख तथा सास्ती भोग्न नपरोस् भनेर सडक डिभिजन जुम्लाले अवरोध हटाउन स्काभेटर र सडक रक्षकहरु तैनाथी अवस्थामा राख्दै आएको छ भने सडक स्तराेन्नतिको कामलाई पनि तिव्रता दिईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच