मुम्बई । अभिनेता जितेन्द्र शास्त्रीको निधन भएको छ । जितु भाइ भनेर चिनिने जितेन्द्रको शनिबार निधन भएको हो । जितेन्द्रले ‘ब्ल्याक फ्राइडे’ देखि ‘इण्डियाज मोस्ट वान्टेड’ सम्मका धेरै चलचित्रहरूमा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित हुनुहुन्छ ।
जितेन्द्र चलचित्र पर्दामा मात्रै नभई नाटक जगतमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँले नेशनल स्कुल अफ ड्रामाबाट अभिनय सिक्नुभएको थियो । जितेन्द्रले ‘लज्जा’, ‘दौर’, ‘चरस’, ‘ब्ल्याक फ्राइडे’ जस्ता धेरै चलचित्रमा काम गर्नुभएको थियो ।
सन् २०१९ मा सार्वजनिक भएको चलचित्र ‘इण्डियाज मोस्ट वान्टेड’का लागि उहाँको विशेष प्रशंसा भएको थियो । यस चलचित्रमा उहाँले नेपालमा बसेर कुख्यात आतंककारीलाई पक्रन सहयोग गर्ने एक सूचनादाताको भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच