माईतीघरमा भ्रष्टाचारबिरुद्ध प्रदर्शनः नागरिकहरु आक्रोशित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै बिरोध प्रदर्शन गरेका हुन् ।नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए ।

बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताउनु भयो । उहाँले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताउनु भयो ।

बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताउनु भयो । उहाँले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको बताउनु भयो । उहाँले देश अफ्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिलेको नेताहरु भगौडे रहेको र सबै उद्योग धन्दाहरु बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताउनु भयो ।

त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताउनु भयो । उहाँले जनतालाई आँखामा छारो हालिरहेको बताउनु भयो । त्यस्तै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताउनु भयो ।

प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगीरहेको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?