समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गर्न आवश्यक देखियोः प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गर्नुभयो ।

उहाँले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको बताउनु भयो । उहाँले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरुले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताउनु भयो ।

उहाँले लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग रअराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौति आफूसमक्ष रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?