‘चितवन साहित्य परिषद्’ ले २०७९ सालमा प्रकाशनमा ल्याएको गीतकार एवं कवि जगन्नाथ पण्डितद्वारा विभिन्न कालखण्डमा रचित ‘घरबारीमा तोरी फुुल्यो’ (गीत-कवितासङ्ग्रह) नेपाली पद्य वाङ्मयको उम्दा कृतिको रूपमा पाठकमाझ चर्चित एवं लोकप्रिय बन्न पुगिरहेको छ । राष्ट्रकवि माधव घिमिरेले भनेझैँ– ‘यौटै सानो सरल कृतिमा पूूर्ण संसार देऊ’ सूूक्तिलाई आत्मसात गरेर गीतकार तथा कवि जगन्नाथजीले सरल, सहज, सुुललित सुुस्वादुु सिर्जनाका पूूmलहरूका थुुँगा बटुली मालाको रूपमा उनिदिनुु भएको छ यो कृति । जसलाई चितवनको जेठो साहित्यिक संस्था ‘चितवन साहित्य परिषद्’ ले कलात्मक मुहारको उपहारसमेत आवरण पृष्ठमा दिएर काव्यपारखीका मनमगज हल्लाउन सफलता चुुमेको छ । यस कृतिभित्र सन्ताउन्न ओटा वार्णिक छन्दका कविताहरू र उन्नाइस गीत गरी छयहत्तरवटा रचनाहरू सङ्गृहीत छन् ।
उहाँका कविताहरू स्वच्छन्दतावादी, परिष्कारवादी, प्रगतिवादी र समसामयिक धारामा प्राञ्जल शब्द, व्यञ्जनात्मक शैली, ध्वन्यात्मकता, देशभक्ति तथा राष्ट्रियताको उत्कृष्ट भावभूमिमा उठेका छन् । कतिपय कविताहरू भक्तिरसमा निमज्जित छन् भने कतिपय पर्यावरण प्रधान पनि छन् ।
कविता खण्ड तेह्रओटा छन्दहरूमा (शिखरिणी, अनुुष्टुप्, मन्दाक्रान्ता, उपजाति, शार्दूलविक्रीडित, तोटक, स्रग्धरा, भुुजङ्गप्रयात, वसन्ततिलका, मालिनी, स्वागता, द्रुतविलम्बित र इन्द्रबज्रा) सुमधुर लय दिएर सुन्दर भावमा नाचेका छन् । मूूलतः उपजाति र शार्दूूविक्रीडित छन्दहरूका बाहुल्यतामा कविताहरूका प्रवाह गतिमान् हुँदै कुँदिरहेका छन् । संस्कृत साहित्यको प्रभाव र प्रतापबाट अभिसिञ्चित पण्डित जगन्नाथले कृतिको पहिलो कविता शिखरिणी छन्दमा ‘आमा’ शीर्षकमार्फत मातृभूूमि र वात्सल्यकी प्रतिमूर्ति माताप्रति श्रद्धाका झङ्कार गुुञ्जाउन पुुग्नुुभएको छ । उदाहरणका लागि कति मनोहारी काव्य-लहरः-
अहो मेरी आमा अमृतमय धारा दूध पिएँ
तिमी धर्ती माता लयविलयमा जीवन दिएँ
दुखेका भोगेका सकल अघिका मार्मिक कथा
म सम्झूँ श्रद्धाले नियमित सदाचार महिमा ।।
त्यस्तै अर्को कविता ‘सप्तगण्डकीको महिमा’ लाई अनुुष्टुुव छन्द साधन बनाएर पौराणिकता, ऐतिहासिकता र पर्यावरणीय स्वच्छतालाई साध्य बनाउने जमर्को भएको छ । प्रायः तत्सम शब्दहरूको घनत्वमा घन्किनु उहाँको विशेषता हो । मन्दाक्रान्ता छन्दको ‘सिर्जना फुुल्नुपर्छ’ शीर्षकको कवितामा सिर्जनाहरू फुुल्नपर्ने प्रणमा जिन्दगीलाई यसरी हेर्न पुुगेका छन्ः-
लोभीपापी छलकपटको हीन हो जिन्दगानी ।
तृष्णा बोकी विचलित हुने दीन हो जिन्दगानी ।।
माया खोस्ने अबुुझपनको हैन हो जिन्दगानी ।
आफैं फुुल्ने कुुसुुम वनको याद हो जिन्दगानी ।।
त्यसैगरी कवि ‘सङ्कल्प’ कवितामा देशप्रेमबाट आप्लावित हुँदै बोल्छन्ः-
केही सङ्घर्ष जित्दैन हार हुन्छ घटी बढी ।
सम्झौता सभ्यता बन्छ मान्छेको कर्म पद्धति ।।
प्राणी संहारका निम्ति प्रवृत्त हुन्छ मानव ।
मार्दैन बाघले बाघ मान्छे मार्दछ आखिर ।।
साझा सङ्कल्प स्वीकारौँ समाधान समीप छ ।।
कवि ‘मकर काव्ययामिनी’ शीर्षकमा देवघाटको मेलालाई लक्षित गर्दैै अनुुष्टुपमार्फत वर्णनात्मक रूपमा यसरी पोखिन्छन्ः-
सम्पूर्ण देवता जुट्ने धरा हो यो धरोहर
भक्त सौभाग्य मेला हो धर्मधाम मनोहर ।।
सबैमा देवता देख्छन् मान्छे हुन्छन् वरिपरि ।
सिर्जना कविता हुन्छन् कविको भावमा परी ।।
आलङ्कारिक चमकमा धार्मिक र आध्यात्मिक भावको उच्चता पोख्ने यी लहर कति सुन्दर तथा सात्विक छन् ।
शार्दूलक्रिीडित छन्दमा सिंह गर्जन दिँदै ‘गुुड्थ्यो पजेरो किन ?’ कविताभित्र दृष्टिहरूको व्यङ्ग्यात्मक तर्जन शब्दशक्तिमा यसरी डुक्रिएको छ:-
कालो रात महान्धकार युुगमा आशा उज्यालो थियो ।
स्वार्थी शोषणका विरुद्ध सबको सङ्कल्प यौटै थियो ।।
के भो प्राप्त स्वतन्त्रता ? जन व्यथा सुध्रेन खै जीवन ।
सामन्तीपनकै प्रभाव नभए गुुड्थ्यो पजेरो किन ?
पजेरो कुसंस्कति भित्रिनुुमा कवि शब्दहरूमा राक्एिका छन् जसले नेतृत्वको समसामयिक दशालाई दिशा निदिष्ट गर्न निख्रेर लागिपरेका छन् । यसैगरी उनका अन्य कविताहरू ‘आदर्श विचार, नेपालको उन्नति, खाँचो छ सद्भावको’ जस्ता कविताहरूले नायकहरूको दृष्टिपथ, सामाजिक सद्भाव एवं मिलाप र नेपालको समृद्धिमा शालीन ढङ्गले वाक्धारा छताछुुल्ल भएको भेट्टाइन्छ । देशप्रेम, सहिष्णुता, पर्यावरणीय स्वच्छता धार्मिक सम्पदाको गौरवबोध गराउने उनका ‘देवघाट महिमा, जन्म कर्मभूमि, भावना मुस्कुराओस्’ जस्ता कविताका भावपक्ष कति उच्च र सबल छन्:- स्रग्धराका लहरहरूलाई एकपटक पढौँ त ?
सङ्लो संस्कार हाम्रो विचलित नबनोस् जिन्दगी मुस्कुराओस् ।
मैत्री सद्भाव चोखो सरल दिल मिलोस् सिर्जना सल्बलाओस् ।।
भित्री उल्लास ऊर्जा प्रगतिमय रहोस् शान्ति सौभाग्य छाओस् ।
शिक्षा ज्ञानोपयोगी शिवमय छवि होस् सत्विवेकी बनाओस् ।।५।। (भावना मुुस्कुराओस्)
कविको अर्को ज्वलन्त काव्य शिखा ‘समाजको दुुर्गति रोकिँदैन’ हो जसमा व्यवस्था फेरिए पनि शासन, जनप्रशासन, शिक्षा, संस्कृति आदि पक्षको अवस्था फेरिन नसकेर देश दुुर्गतितिर धकेलिएको प्रति चिन्तित हुँदै उपजाति छन्दमा यसरी कड्किएका छन् ः
जन्म्यो शिशुु प्यार टुसाउँदैन
मातापिताको ममता हुुँदैन
विवेक सङ्लो जब सिर्जिदैन
समाजको दुुर्गति रोकिँदैन ।।
अङ्ग्रेजी एवं संस्कृत भाषावाङ्मयका साधक र चितवन जिल्लाकै शिक्षाहस्ती सफल प्रधानाध्यापक स्वर्गीय राजकृष्ण कँडेलप्रतिको सम्झना तथा श्रद्धाप्रति नतमस्तक हुँदै करुण रसमा ‘सदा शास्त्रमाधुुर्यका राजकृष्ण’ भुुजङ्गप्रयात छन्दमा कवि यसरी आँसुमा पोखिएका छन् —ः
खुलेको छ आकाश तारा कहाँ छौ ?
कहाँनेर झुुल्की उज्यालो दिँदै छौ ?
उठेझैँ तपस्वी हिमाली तरेली
उँभो हेर्छ आँखा नझिम्की परेली ।।
सदानन्द निष्ठा जगत् शान्त द्रष्टा !
सदाचार सङ्कल्पका काव्य स्रष्टा !
सदा धीर ज्ञानी मनीषी उदात्त !
सदा शास्त्रमाधुुर्यका राजकृष्ण ! !
कविता खण्डका उत्कृष्ट कवितामध्येको सर्वोत्कृष्ट कविता हो यो मेरो दृष्टिमा । जहाँ सहजता, हार्दिकता, उदात्त भाव, शैल्पिक चामत्कारकिता र राजकृष्णको अन्तरङ्ग एवं बहिरङ्ग व्यक्तित्व सपाट समुुपस्थित छ । पण्डितको वर्णफोटोग्राफीको मुरी मुरी प्रशंसा गर्न मन लाग्यो । त्यसै गरी अन्य कविताहरूमा बँच्ला र के अस्मिता, द्वन्द्वको घाउ, सुनौलो बिहानी, संस्कारी म बनूूँ, शान्तिको खोज, माटोको ममता, अखण्ड नेपाल, शान्त नेपालको खोजी, राष्ट्रप्रेम, आहृवान, लेखूूँ भने दुख्दछ लोकतन्त्र, अहङ्कारको आयु लामो हुँदैन, फर्केर आऊ घर, नेपाल मेरो घर आदि कविताहरू स्वच्छन्दतावादी, परिष्कारवादी, प्रगतिवादी र समसामयिक धारामा प्राञ्जल शब्द, व्यञ्जनात्मक शैली, ध्वन्यात्मकता, देशभक्ति तथा राष्ट्रियताको उत्कृष्ट भावभूमिमा उठेका छन् । अन्य कतिपय कविताहरू भक्तिरसमा निमज्जित छन् भने कतिपय पर्यावरण प्रधान पनि छन् संस्कृति, धर्म, संस्कार, सनातन परम्परा र कल्याणकारी राज्य एवं न्यायको पक्षमा दृढतम रूपमा उभिएका छन् ।
त्रिविविअन्तर्गत सहप्राध्यापक पदमा ३७ वर्षको दीर्घ प्राध्यापनसेवामा बिताएका पण्डितले बुुटवल क्याम्पस प्रमुखको भूमिकामा तीन वर्ष रहनुभयो । विभिन्न सामाजिक, साहित्यिक, धार्मिक र पेशागत संघसंस्थाहरूमा सम्बद्ध रही नायकीय भूमिका निर्वाह गर्दै रचनात्मक कार्यकलापमा समर्पित हुुनुहुुन्छ उहाँ ।
सन्दर्भ बदलौँ र अबको विचरण गीति खण्डतिर लागौँ । जगन्नाथको गीतिलेखन पढिसकेपछि मेधावी प्राध्यापक कपिल अज्ञातको तलको संकथनले मेरो पाठ्यानुुभूूति मजाले बोलेको पाएँ- : ‘उनमा कटुवाल र कालिदास प्रभृतिका गीतझैँ गीति चेतना खुलेको प्रतीत हुन्छ । कविताका तुलनामा गीतिकविताको यात्रा कम भए पनि कवितालाई गीतले उछिनेको आभास मिल्छ । किनभने, कविताका अपेक्षा गीतिचेतनको प्रभाव तीव्र देखिन्छ’ । वास्तवमा गीत मस्तिष्कबाट भन्दा हृदयद्वारा पोखिन्छ । जहाँ आत्मीयता, प्राकृतिकता र हार्दिकता मुखर हुन्छन् । यसमा समेटिएका सबै गीतहरू विषयवस्तुु, लयविधान, गेयात्मकता, आलङ्कारिकता, मृदुुलतामा सुुसज्जिात छन् ।
महाकवि देवकोटाझैँ पण्डित पनि आफ्ना गीतहरूमा प्रेमिल भाव, ईश्वरीय चिन्तन, स्वदेशप्रेम, प्रकृतिचित्रण र आध्यात्मिक एवं सास्कृतिक गौरव पोख्न पोख्त बनेका छन् । ‘घरबारीमा तोरी फुुल्यो’ उनको यस कृतिभित्रको सर्वोत्कृष्ट रचना हो । २०३४ सालमा रेडियो नेपालबाट प्रसारण हुन थालेको यो चर्चित र लोकप्रिय गीतको बोललाई सुुमधुुर स्वर दिनुहुने नेपाली गायन क्षेत्रका महारथीहरू फत्तेमान राजभण्डारी, नुपूूर भट्टाचार्य, रचना केसी हुन् भने संगीतका राजा नातिकाजीले उम्दा संगीतमा गीतको प्राणसञ्चार गरिदिनुुभएको छ ।
कति मार्मिक, हृदयस्पर्शी, लक्षणा र व्यञ्जना शब्दक्तिमा सशक्त तथा बिम्बविधानका आधान छन् यी गीति लहरका बहरहरू ः
घरबारीमा तोरी फुुल्यो मनबारीमा प्रीत
जाँगरीमा सीप फुुल्यो सबै मेरो जीत
पीरहरू समेटेर पिइदिन सके
सुख पनि मिल्दो रै’छ पर्खिदिन सके
नआत्तिने धैर्य मेरो नमात्तिने बैँस
पसिनाले मुख धोए भाव खुुल्दो रै’छ
सरलताभित्र चोटिलो र भरिलो संकथनले श्रोता तथा पाठकका मनमगजलाई रोमाञ्चकारी मीठो मसला दिन यी गीति पङ्तिहरू सफल छन् । यसै गरी उनका अन्य गीतहरूमा ‘सरस्वतीको वन्दना’ ले विद्या, ज्ञानविज्ञान, सीप, कला र वाणीकी अधिष्ठात्री शारदा माताको लोकोत्तर क्षमताको सुन्दर स्तवन गरिएको छ भने ‘प्यारो रतन्पुर, धर्ती जन्माइदिन्छुु, स्वयं जल्नुुपर्छ, गाउँ–बेँसीको गीत, बैँस चढेपछि’ आदि गीतले जन्मभूमिको र माटोको प्रगाढ माया, पौरखी प्रण, प्रणयशृङ्गार र लेकबेँसीका गहिरा गीति भाकाप्रति लेखकीय समर्पणको उजागर गरिएको छ । उनका ‘रोधीको रन्को, म खोजिरहेछुु, जिउन सिक्नुुपर्छ, मुटुमा घोलूँ कि ! सँगै बगौँ प्रवाहमा’ आदि गीतका झङ्कारले लोकसंस्कृतिका सुुसेली, सङ्घर्षकारी जीवनका बहुुआयाम र देशप्रेमका आदर्श चुली चुम्म कस्सिने अभिव्यञ्जना छताछुल्ल पारेका छन् ।
चोटिला, पोटिला, जोसिला, ओजिला र च्वाट्ट परेका उनका पूूर्णिमाको जून, फुुल्यो जुुँगा चमर, मेरै माया हौ कि ! औँसी रोजेजस्तो’ विविध गीतहरूले मनोविज्ञानको अतल गहिराइ चुमेर प्रकृतिलाई मानवीकरण गर्दै प्रतीक तथा बिम्बमा गीति भावविधान चम्किलो बनाएका छन् । कृतिको कायाको आन्तरिक एवं बाहृयाङ विचरण गरेर भूमिकाकारको सुुकर्म निभाउनुभएका स्वनामधन्य वरिष्ठ साहित्यहस्ती गोविन्दराज विनोदीको शब्दपुुष्पले भरिएका वाक्यगुुच्छा : ‘जगन्नाथजीका गीत वा कविता विषय वैविध्य र भाव गाम्भीर्यका दृष्टिले अब्बल छन् । गीतकारको गीतिचेतना सरस, सरल र ऊर्जामय छ’ ।
विसं २००६ साल चैच २९ मा आमा बालकुमारी पण्डित र बाबा रामकृष्ण पण्डितको कोखलाई सफल बनाउँदै मिर्लुुङ १ रतन्पुुर भानुु न.पा. तनहुँ जिल्लामा आँखा खोलेका जगन्नाथ हाल प्राध्यापकीय जीवनबाट निवृत भई चितवन जिल्ला भरतपुर महानगरअन्तरगत नवरत्न टोलमा धर्मपत्नी मञ्जुुदेवी पण्डितसहित उत्तराद्र्ध जीवन साधनाकै कर्म गरी बिताउँदै हुनुुहुुन्छ । त्रिविविअन्तर्गत सहप्राध्यापक पदमा ३७ वर्षको दीर्घ प्राध्यापनसेवामा बिताएका पण्डितले बुुटवल क्याम्पस प्रमुखको भूमिकामा तीन वर्ष रहेर प्रशासकीय दायित्वको भार पनि सफलतापूूर्व निष्पन्न गर्नुभयो । विभिन्न सामाजिक, साहित्यिक, धार्मिक र पेशागत संघसंस्थाहरूमा सम्बद्ध रही नायकीय भूमिका निर्वाह गर्दै रचनात्मक कार्यकलापमा समर्पित हुुनुहुुन्छ उहाँ ।
शिक्षामन्त्रालयबाट शिक्षा दिवस पुरस्कार (२०४६) राष्ट्रिय सेवादल काठमाडौंबाट गीति कवितामा २०२७ सालमा प्रथम पुरस्कारले विभूूषित पनि हुनुुभयो । त्यसैगरी २०६१ सालमा त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदकले पनि सुशोभित हुने मौका मिल्यो । जगन्नाथजीको सम्पादनको पाटो पनि स्तुत्य छ । यसै क्रममा उहाँले बुुटबल क्याम्पसको मुखपत्र, बुटबल क्याम्पसको जर्नल, लेखनाथ शतवार्षिकी स्मारिकालगायत दर्जनभन्दा बढी शोधपरक, साहित्यिक, चिन्तनमूलक पत्रपत्रिका जर्नल र अन्य कृतिहरूको सम्पादकीय अभिभारा वहन गरेर आफ्नो जीवनलाई क्रियाशील बनाई लेखन र अध्ययनमा डुबेको विगतलाई हाल पनि चितौनका विभिन्न संस्थाहरूमा आफ्नो लगनको परख गर्न अघिल्लै लहरमा उभिनुभएको छ ।
शालीन, मिजासिला, नम्र र रसिक स्वभावका गीतकार तथा कवि जगन्नाथ पण्डितका अप्रकाशित थुप्रै कृतिहरू पाठकसमक्ष शीघ्र आउन सकून् । उहाँको लेखन र जाँगरले उर्वरताको चुली चुमिरहोस् ! सुस्वस्थ र दीर्घजीवनको कामना गर्दै यो छोटो परचिर्चालाई यही पूूर्णविराम ! समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच