रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्योगी व्यवसायीलाई निराशाका मात्रै कुरा नगरी आशावादी हुन आग्रह गर्नुभएको छ ।
उद्योग ब्यापार संघ बुटवलले प्रमुख जिल्ला अधिकारीसँग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या भएकाले यो समस्या केही समय पछि हटेर राम्रो अवस्था आउनेमा आशावादी बन्न सुझावदिनु भयो । समस्या र निराशाका कुरा मात्र गरेर देश बन्न नसक्ने भएकाले आशाको सञ्चार गर्न निजी क्षेत्रका संघसंस्था लाग्नुपर्नेमा प्रजिअ अर्यालको जोड थियो ।
खुला सीमा नाकाबाट हुने राजस्व छली नियन्त्रण,रात्रीकलीन बजार सञ्चालन, सामान आयातमा रहेका करका समस्या समाधानमा आफू सधै सकारात्मक रहेपनि एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको सहकार्य हुनुपर्ने बताउनु भयो।
सो अवसरमा नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजीको संरक्षण,औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो।
कृषि,जलविद्युत र पर्यटनमा लगानी मैत्री वातावरण बनाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र ब्यापार घाटा नियन्त्रण गर्नुपर्नेमा महासचिव पराजुलीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले चर्को बैंक ब्याज दर,अर्थतन्त्रमा मन्दी लगायतका समस्याले उद्योगी व्यवसायी संकटमा परेकाले सरकारले राहत प्याकेज ल्याउनुपर्ने बताउनु भयो । बुटवल उपमहानगरपालिकाले संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन सहजिकरण गरेपछि भवन शिलान्याश भइसकेकाले आगामी २ वर्षमा २ तले भवन निर्माण गर्नुपर्ने बताउनु भयो।
संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उद्योगी व्यवसायीका समस्या सुन्ने, निजी क्षेत्रसंग सहकार्य गरेर जानुपर्छ भन्ने मान्यताका रहेकाले सहज र सच्चा अभिभावक पाएको महसुस भएको बताउनु भयो।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी,महासचिव यमलाद्योगी व्यवसायीका समस्या सम्बोधन गरी व्यवसायीमैत्री वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीको पनि ठूलो भूमिका हुने वताउनु भयो।।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच