काठमाडौं । तरकारी तथा फलफूल व्यवसायी सहकारी संस्था तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक मन्दीसँगै कतिपय बचत सहकारीमा समस्या देखिए पनि उक्त सहकारी भने बचत र सेयर सदस्य दुवै बढाउन सफल भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन र लेखा संयोजक कृष्णप्रसाद आचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अनुसार २०५६ साल माघ २१ गते ३० जना सदस्यले ३१ हजार नौ सय सेयर पुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा संस्थाको सेयर पुँजी चार करोड २६ लाख छ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी रकम वृद्धि भई छ करोड ९५ लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७३/०७४ मा सदस्य बचत रकम २४ करोड ९४ लाख १४ हजार चार सय ३२ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा सेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख ३२ हजार तीन सय ३४ रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा २४ करोड ९९ लाख ८६ हजार चार सय ७७ रुपैयाँ ऋण लगानी भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा आउँदा ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ रुपैयाँ ऋण लगानी भएको छ । सञ्चालन मुनाफातर्फ आर्थिक वर्ष २०७३/०७४ मा एक करोड ६४ लाख १८ हजार पाँच सय ३३ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा तीन करोड ५४ लाख छ हजार दुई सय ५४ रुपैयाँ सञ्चालन मुनाफा पुगेको छ ।
जगेडा तथा अन्य कोषमा आर्थिक वर्ष २०७३/०७४ मा तीन करोड आठ लाख सात हजार चार सय २४ रुपैयाँ छुट्याइएकोमा आर्थिक वर्ष २०७९/०८० मा १० करोड, ९३ लाख ३४ हजार दुई सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याइएको छ । साथै साधारणसभाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको संस्थाका सचिव थेकेले जानकारी दिनुभएको छ ।
संघीय संसद्की उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्नुभएको साधारणसभामा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरे, सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापालगायतले सम्बोधन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच