काठमाडौं । केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक लघुचलचित्र निर्देशन गर्नुभएका राजाराम बुढाथोकीले फिचर चलचित्र निर्माण गर्नुभएको छ । उहाँले निर्माण गरेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ देखि देशभरका सिनेमाघरमा आउँदैछ । यो चलचित्रमार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दै हुनुहुन्छ । ‘पर्खी बसें’ झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार डेब्यु गराउनुभएको हो ।
कमेडी र एक्सन चलचित्रको संख्या बढिरहँदा निर्माता बुढाथोकीले प्रेम कथानकलाई दर्शक माँझ ल्याउनु उपयुक्त रहेकाले सोही योजना अनुरुप चलचित्र निर्माण गरेको सुनाउनुभयो । ‘कलाकार नयाँ भए पनि अभिनय हेर्दा वा प्रचारप्रसार सामग्री हेर्दा सबैले राम्रो भन्नुभएको छ । केही वर्षआगाडि यहीँ नामबाट निर्देशक श्रेष्ठले डेब्यु गराउनु भएका कलाकार स्थापित हुनुभयो । हामीले पनि सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौं’, निर्माता बुढाथोकीले भन्नुभयो ।
उहाँले नयाँ प्रतिभालाई अवसरदिनु मेकरको दायित्व रहेकोसमेत जिकिर गर्नुभयो । पहिलो चलचित्र भए पनि व्यावसायिक निर्माताहरूले भन्दा कम काम आफूले नगरेको उहाँको दाबी छ । उहाँले निर्देशक श्रेष्ठलाई राम्रो चलचित्र बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको सुनाउनुभयो । सिक्किम र नेपालको काठमाडौं, ललितपुर, कालिञ्चोकलगायतका रमणीय दृश्य छायांकन गरिएको चलचित्रले आँखालाई शीतलता दिने उहाँ बताउनुहुन्छ । ‘हामीले विशुद्ध प्रेम कथा लिएर आएका छौं । अहिलेका पुस्ताको प्रेम, विछोड तर वेदनालाई देखाइएको छ । यसको पात्रसँग युवाले धेरै नै रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, निर्माता बुढाथोकीले भन्नुभयो ।
यो चलचित्रमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रिमेक गरिएको छ । चलचित्र ‘बादलपारी’मा समावेश लोकप्रिय गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतलाई प्रमोद खरेल र मिलन नेवारले गाउनुभएको छ ।
रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारले अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन चलचित्रमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच